पोखरा, चैत्र २८ । बेगनास युवा क्लवको बृहत बेगनासताल सरसफाई अभियान अन्तर्गत शनिवार ९७ औं श्रृंखला सम्पन्न भएको छ ।
क्लवका अध्यक्ष रामवहादुर रानाभाटको नेतृत्वमा निरन्तर चलिरहेको अभियानले सफलता पुर्वक शनिबार ९७ औं हप्ता पुरा गरेको हो।
सहभागीहरुले शनिबार बेगनासताल किनार, ड्यामसाईड, बेगनासताल प्रवेशद्धार, मन्दरेपार्क लगायतका क्षेत्रमा सफाई गरेका हुन्।
क्लवले निरन्तर जारी राखेको बेगनासताल सरसफाई अभियान ९७ औं श्रृंखलासम्म आइपुग्दा विस्तारै जनचेतना अभिबृद्धि हुँदै गएको र आगामी दिनमा स्थानीय तहले उल्लेखनीय भुमिका खेल्नुपर्ने सदस्य एवंम् अभियन्ता सुरेन्द्र पुनले बताए।
अभियन्ता रानाभाटले बेगनासताल क्षेत्र घुम्न आउनेहरुले डष्टविनमा फोहोर व्यवस्थापन नगरिदिदा थोरै समस्या भएको उल्लेख गर्दै, जनचेतनाका थप अभियानहरु गर्दै लगिने समेत बताएका छन् ।
वढी मात्रामा वजार क्षेत्र फोहोर हुने हुनाले महानगर र वडाले अनुगमन गर्नु पर्ने देखिन्छ । वजार व्यबस्थापनले वजार क्षेत्र सफाई गर्न खासै चासो नदिएको केही स्थानीय वताउछन्। वेगनास सानो ठाउँ हो तर सबै जनाले सफा बनाउनु पर्छ भन्ने सोच्ने र गर्ने हो भने सकिन्छ तर यो सोचनिय विषय बनेको छ।
Discussion about this post