• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

मेडिकल कलेज बनाउने अभियानमा जुटौं : उप कुलपति अर्याल

Lekhnath Khabar by Lekhnath Khabar
March 17, 2021
in समाचार, स्थानीय
0
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

रामशरण नेपाली
लेखनाथ,४ चैत्र ।
पोखरा विश्वविद्यालयका उप कुलपति प्रेम नारायण अर्यालले सवैको सामुहिक पहलमा मेडिकल कलेज बनाउने अभियानमा जुट्न अनुरोध गरेका छन ।

उप–कुलपति अर्यालको सम्मानमा बुधवार लेखनाथ उद्योग बाणिज्य संघले आयोजना गरेकोे स्वागत तथा छलफल कार्यक्रममा बोल्दै उनेले पोखरा विश्वविद्यालयले आफनै मेडिकल कलेज बनाउने भनेर शिलान्यास गरेपनि मेडिकल कलेज बन्न नसकेको बारेमा चिन्ता जाहेर गर्दैे अव समुदायको तर्फबाट पहल कदमी गर्नु पर्ने सुझाव दिनु भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उप–कुलपति अर्यालले शैक्षिक संस्थानमा राजनितिक गतिविधि हुने गरेको बताउँदै राजनिति उच्च निति भएको र बिकास र शिक्षाका लागी राजनिति गर्न सुझाव दिएका हुन ।

अर्यालले आफु आएको ६ महिना बितिसक्दा पनि अझै रजिष्टार नियुक्ति हुन नसकेको वताउँदै यसका लागि आफुले प्रधानमन्त्री देखी नेताहरुको ढोका सम्म धाउँदा धाउँदा हैरान भएको र अब अन्तिम विकल्पको रुपमा जनता उठ्नुपर्ने वताएका थिए ।

आफ्नो कार्यकालमा विश्वविद्यालयको आफ्नै हस्पिटल खोल्ने आफ्नो सोच रहेको वताउँदै ७ वटै प्रदेशमा विश्वविद्यालयको आंगिक क्याम्पसको लागी समेत पहल गर्ने वताए ।

कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष बलराम ढकालले संघले लेखनाथ नगरपालिका हुदाँ देखि यस क्षेत्रको आर्थीक, सामाजिक तथा शैक्षीक विकासका लागि सरकारी निकायहरुसंग लभिङ गर्दै आएको धारणा राख्दै पोखरा विश्वविद्यालयमा देखिएको राजनितीक गतिबिधीले पठन पाठनमा नै समस्या देखिएकाले यसमा सुधार हुनुपर्ने सुझाव राखेका थिए ।

सोही अवसरमा लेखनाथ उद्योग बाणिज्य संघका सस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले पोखरा विश्वविद्यालय स्थापना गर्नमा यस क्षेत्रका जनताको ठुलो सहयोग भए पनि सोचे अनुसारको काम हुन नसकेकाले पोखरा व्रिश्वविद्यालयले आफना गतिविधी संचालन गर्दा स्थानियलाई प्रथामिकता दिनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा लेखनाथ उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष सुमनमोहन भटराई र सस्थागत विद्यालयहरुको तर्फबाट प्रेम प्रसाद शर्माले पोखरा बिश्वविद्यालय लेखनाथमा हुनु हाम्रो लागि गौरवको विषय भएकाले यसले आफनो योजना मुताविकको काम गर्न सक्नु पर्ने धारणा व्यक्त गरेका थिए ।

संघका अध्यक्ष बलराम ढकालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रम महासचिव गोपिचन्द्र वास्तोलाले संचालन गरेका थिए भने धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेयले गरेका थिए ।

Previous Post

खास्टेतालमा महोत्सव हुने

Next Post

लेखनाथ फेब्रिकेटर्स एशोसिएसनको अध्यक्षमा विश्वकर्मा

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
लेखनाथ फेब्रिकेटर्स एशोसिएसनको अध्यक्षमा विश्वकर्मा

लेखनाथ फेब्रिकेटर्स एशोसिएसनको अध्यक्षमा विश्वकर्मा

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?