रामशरण नेपाली, लेखनाथ, ७ चैत्र ।
लेखनाथ फेब्रिकेटर्स एशोसिएसनको अध्यक्षमा प्रेम ब. विश्वकर्मा चयन भएका छन । शनिबार सम्पन्न संस्थाको दोश्रो साधारण सभा तथा अधिवेशनले विश्वकर्मालाई अध्यक्षमा चयन गरेको हो ।
नवनिर्वाचित संस्थाको उपाध्यक्षमा राम बहादुर विश्वकर्मा, सचिवमा सुर्य प्रकाश ढुंगाना, कोषाध्यक्षमा धर्म बहादुर बिष्ट र सदस्यहरुमा वासुदेव तिमिल्सीना, बिनोद सार्कि, रमेश तिवारी, ईन्द्र गौतम र विष्णु भण्डारी रहेका छन ।
साधारणसभाको उद्घाटन गर्दै वडा नं. २९ का वडाध्यक्ष चेत बहादुर गुरुङले पेशागत मर्यादा कायम राख्दै स्वस्थ प्रतिष्पर्धाबाट संगठित भएर अगाडि वढ्न आग्रह गरेका थिए ।
वडाध्यक्ष गुरुङले करको दायरमा नआएका व्यवसायीहरुलाई पनि दायरमा ल्याउन संस्थाले भुमिका खेल्ने विश्वास समेत व्यक्त गरेका थिए ।
यस्तै वडा नं. ३० का अध्यक्ष श्रीराम पोख्रेलले राज्यको नियममा आउने व्यवसायीहरुले सेवा सुविधाको पनि माग गर्नुपर्ने र व्यवसायीहरु समस्यामा परेको बेला वडाले समन्वयकारी भुमिका खेल्ने वताए ।
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालले व्यवसायीहरुको दक्षता अभिवृद्धिको लागी तालिम उपलब्ध गराउन संघ प्रतिवद्ध रहेको वताउँदै राज्यले प्रदान गरेको सुविधाहरुको उपयोग गर्न जोड दिएका थिए ।
कार्यक्रममा लेखानाथ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष विष्णु प्रसाद बराल, लेखनाथ सामुदायिक सेवा केन्द्रका अध्यक्ष त्रिलोचन लामिछाने, नागरिक परोपकार समन्वय संस्थाका सचिव रामराज अधिकारी, लेखनाथ निर्माण व्यवसायी संघका उपाध्यक्ष भिम बहादुर नेपाली लगायतले बोलेका थिए ।
संस्थाका अध्यक्ष कुल बहादुर रानाभाटको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष सुर्यप्रकाश ढुंगानाले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव राजेन्द्र लामिछानेले गरेका थिए ।
Discussion about this post