• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

बिटी कपमा प्रिक्वाटरका खेल सम्पन्न, शुक्रबार क्वाटरफाईनल

Lekhnath Khabar by Lekhnath Khabar
March 4, 2021
in समाचार
0
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, २० फागुन ।

पोखरा महानगरपालिका १ बगर स्थित पुरानो टुडिखेलमा जारी ‘चौथोे विरेन स्मृति १४ औं बि.टी कप सेभेन ए साईड नकआउट अन्तर क्लब फुटबल प्रतियोगितामा प्रिक्वाटरफाईनलका खेल सम्पन्न भएका छन् ।

पोखराको पुरानो टुडिखेल मैदानमा आज (बिहिबार) सम्पन्न पहिलो खेलमा सिमपानी एफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै चाउथे एफसी क्वाटरफाईनलमा प्रवेश गरेको छ । निर्धारित समयमा दुवै टिमबाट गोल हुन नसकेपछि खेल ट्राईबेकरमा पुगेको थियो ।

त्यस्तै सँगम एफसी र सत्य युवा क्लब बाझापाटन बिच भएको दोस्रो खेल पनि गोलरहित निर्धारित समय सकिएपछि ट्राईबेकरमा सँगम एफसीलाई ३–२ गोल अन्तरले पराजित गर्दै बाझापाटनले जीत निकाल्यो ।

तेस्रो खेलमा विष्णुपादुका टिम बिलाई एम टुवेलले ३–० को फराकिलो गोल अन्तरले पराजित गर्दै क्वाटरफाईनलमा प्रवेश गर्याे । एम टुुवेलको जीतमा मनिस क्षेत्री, अविनाश तामाङ र मनोज गुरुङले समान १ गोलको योगदान दिए ।

यसैगरी चौथो खेलमा बिन्स बकेटलाई मालेपाटन एफसीले १–० गोल अन्तरले पराजित गर्दै सँघर्षपूर्ण जीत निकाल्यो । मालेपाटनको जीतमा जेम्स गुरुङले निर्णायक गोल गरे ।

बाझापाटन टिम बि र रञ्जन मेमोरियल बिच भएको पाँचौ खेल १–१ गोलको बराबरीमा सकिएपछि ट्राईबेकरमा बाझापाटनल टिम बिले २–१ गोल अन्तरले रञ्जनलाई पराजित गर्याे ।

आयोजक सेतो र लाहाचोक एफसी बिच भएको छैटौं खेल २–२ गोलको बराबरीमा निर्धारित समय सकिएपछि ट्राईबेकरमा आयोजकले ३–२ गोल अन्तर सहित जीत निकाल्यो ।

यसैगरी कमलपोखरी एफसी र फोर टु फाईभ बिच भएको अन्ति प्रिक्वाटरफाईनल खेल १–१ को बराबरीमा निर्धारित समय सकिएपछि ट्राईबेकरमा ३–१ गोल अन्तरले हराउदै कमलपोखरी क्वाटरफाईनलमा प्रवेश गरेको खेल संयोजक निकेश गुरुङले जानकारी दिए ।

उनका अनुसार यसअघि नयांगल्ली युवा क्लब क्वाटरफाईनलमा प्रवेश गरिसकेको थियो । क्वाटरफाईनलका ४ खेल शुक्रबार मध्यान्ह १२ बजेबाट सुरु हुनेछ भने सेमीफाईनल र फाईनल खेल शनिबार सम्पन्न हुनेछन् ।

Previous Post

जन्मदिनमा विद्यालयमा अक्षयकोष

Next Post

पत्रकार अथकलाई मान–कृष्ण स्मृति पत्रकारिता पुरस्कार

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
पत्रकार अथकलाई मान–कृष्ण स्मृति पत्रकारिता पुरस्कार

पत्रकार अथकलाई मान–कृष्ण स्मृति पत्रकारिता पुरस्कार

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?