लेखनाथ,२० फागुन ।
जन्मदिनमा गरिने तडक भड्कको खर्च नगरी पोखरा महानगरपालिका वडा नं २६ निवासी दिर्घनाथ बरालले आफु पढेको विद्यालयमा एक लाख बरावरको अक्षयकोष स्थापना गरि समाजलाई दरिलो शन्देस दिएका छन् ।
पुर्व राष्ट्रसेवक कर्मचारी भएर काम गरेको अनुभवलाई समाज रुपान्तरका लागि प्रयोग गर्नु पर्छ भन्ने मान्यताले बरालले आफनो ६५ औं जन्मोत्सवका अवसरमा पोखरा –२६ को अमरज्योती आधारभुत विद्यालयमा एक लाख वरावरको दिर्घनाथ÷सुसिला बराल छात्राबृद्धि अक्षयकोष स्थापना गरि उदाहरणीय काम गरेका हुन् ।
विहिवार आफनो ६५ औं जन्मोत्सवको अवसर पारेर बराल परिवारले विद्यालयका गरिव तथा जेहेन्दार,अपाङ र दलित विद्यार्थीको शिक्षा दिक्ष्यामा सहयोग पुग्ने गरि एक लाख वरावरको चेक बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष वद्रिप्रसाद बराल र विद्यालयकी प्रधानाध्यापक सत्यदेवि बराललाई प्रदान गरेका हुन् ।
सोही अवसरमा पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नारायण प्रसाद वराल,सहयोगी परिवारको तर्फबाट सुर्यनाथ बराल लगाएतले जन्मदिनमा गरिने फजुल खर्चलाई सामाजिक क्षेत्रमा लगाउनु पर्ने सुझाव दिएका थिए ।
Discussion about this post