लेखनाथ ।
पोखरा ३० र २९ को सिमानामा पर्ने खल्याणमा गण्डकी बहुप्राबिधिक शिक्षालय बन्ने भएको छ । करिब २० रोपनी जग्गामा फैलिएको भु–भागमा बन्ने शिक्षालयमा इन्जिनियरिङ तथा स्वास्थ्य तर्फका कक्षाहरु सन्चालन हुनेछन् ।
लेखनाथ क्षेत्र प्राबिधिक शिक्षाको लागि हब बन्ने निर्देशक लक्ष्मण तिमिल्सिनाले जानकारी दिए । गन्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङ, पोखरा महानगरका मेयर मान बहादुर जि सि लगायत सबैको योगदानले नै आज लेखनाथमा प्राबिधिक शिक्षाको लागि सस्था स्थापना हुने जानकारी गराउदै अब छिटो भन्दा छिटो निर्माण कार्यको थालनी हुने निर्देशक तिमिल्सिनाले बताए ।
निर्माण स्थलमा ब्यानर बोर्ड राख्ने कार्यको शुभारम्भमा वडा न ३० का निर्बाचित अध्यक्ष श्रीराम पोख्रेल, सदस्य सोमलाल कंडेल, चोला प्रसाद बराल, वडा न ३० नेकपाका पार्र्टी अध्यक्ष कृष्ण प्रसाद अधिकारी लगायत टोल बिकास सस्थाका प्रतिनिधि , आमा समूह तथा अन्य पार्टिका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो ।
Discussion about this post