• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

सिलिङ्गे कृषि उत्पादक सहकारी संस्थाको १३ औ बार्षिकोत्सब कार्यक्रम सम्पन्न

Lekhnath Khabar by Lekhnath Khabar
February 22, 2021
in समाचार
0
0
SHARES
56
VIEWS
Share on FacebookShare on Twitter

 

सिलिङ्गे कृषि उत्पादक सहकारी संस्था लि पोखरा–२६ कालिकाचोक कास्कीको १३ औ बार्षिकोत्सब कार्यक्रम फागुुण २,३ र ४ गते त्रिदिबसिय कार्यक्रम सम्पन्न भएको छ ।

त्रिदिबसिय कार्यक्रम अन्तरगत पहिलो दिन फागुन २ गते संस्थाको कार्यालय प्राङ्गण कालिकाचोकमा खुला रक्तदान कार्यक्रम जिल्ला सहकारी संघका नबनिर्बाचित अध्यक्ष साबित्रा कोईराला को प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा संस्था कोषाध्यक्ष यदुनाथ बरालले स्वागत मन्तब्य राखेका थिए भने जलधारे साकोसका अध्यक्ष श्रीकान्त ढुंगाना, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा कास्कीका निबर्तमान अध्यक्ष बामदेब ढुङ्गाना, पोखरा महानगरपालिका वडा नं–२६ का वडाध्यक्ष नारायण प्रसाद बराल, ईलाका प्रहरी कार्यालय डाडाकोनाकका प्रमुख महेन्द्र प्रकाश मरासिनी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा प्रमुख अतिथी साबित्रा कोईरालाले सहकारीहरुले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत समुदायमा जानुपर्ने र सिलिङ्गे कृषि सहकारीले मानविय सेवामा रक्तदान जस्तो अति नै सराहनिय कार्य गरेकोमा खुसी ब्यक्त गरे । कार्यक्रममा जिल्ला सहकारी संघका नबनिर्वाचित पदाधिकारी तथा सदस्यहरु, ईलाका प्रहरी कार्यालय डाडाकोनाकका प्रमुख महेन्द्र प्रकाश मरासिनी, संस्थाका सल्लाहाकार नागरिक परोपकार समन्वय समितिका नबनिर्बाचित अध्यक्ष राजेन्द्र ओझा, संस्थाका शेयर सदस्य त्रिबेणी ईन्टरनेशनल कलेजमा नबनिर्बाचित अध्यक्ष सुमन मोहन भट्टराई लगायतलाई स्वागत तथा सम्मान गरिएको थियो । क्षेत्रिय रक्तसञ्चार पोखराको प्राबिधिक सहयोगमा सम्पन्न उक्त कार्यक्रममा ३२ युनिट रगत संकलन भएको थियो ।

त्यसैगरी कार्यक्रमको दोस्रो दिन फागुण ३ गते संस्था परिसरमा राहात बितरण तथा चियापान कार्यक्रम गरी मनाईएको थियो । दुर्घटनामा परी स्वास्थ्य लाभ गरिरहेका संस्थाका शेयर सदस्य चेत बहादुर रानाभाट पोखरा–२६ ठुलारथर तथा धनबहादुर बिश्वकर्मा पोखरा–२६ बरालडाडा र मुटुको शल्यक्रिया गरि स्वास्थ्य लाभ गरिरहेका शेयर सदस्य शारदा रानाभाट पोखरा–२६ सिलिङ्गेलाई संस्थाका अध्यक्ष शैलेन्द्र मोहन भट्टराई तथा समितिका सदस्य तथा सल्लाहाकारहरुले राहात रकम चेक मार्फत प्रदान गरेका थिए । उक्त दिन केक काटेर १३ औ बार्षिकोत्सब कार्यक्रम मनाइएको थियो ।

कार्यक्रमको तेस्रो दिन पोखरा–२६ जलधारेमा रहेको श्री अमरज्योती गाँउफर्क मा. बि. मा शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण गरिएको थियो । उक्त कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष शेलेन्द्र मोहन भट्टराईले र स्वागत मन्तब्य संचालक सदस्य ठाकुर प्रसाद रानाभाटले गरेका थिए । कार्यक्रममा अमर ज्योति गाँउफर्क मा.बि. का प्रधानध्यापक दामोदर सापकोटा, बिधालय व्यवस्थापन समितिका अध्यक्ष बामदेब ढुङ्गाना, संस्थाका सल्लाहाकर राजेन्द्र कुमार रानाभाट, बरिष्ठ सल्लाहाकार मुरारी शर्मा लगायतले शुभकामाना मन्त्बय राखेका थिए । कार्यक्रमको संचालन संस्थाका सचिब सुर्य प्रसाद बञ्जाराले गरेका थिए भने संयोजन संस्थाका व्यवस्थापक बिकास रानाभाटले गरेका थिए ।

Previous Post

साबिक लेखनाथ प्राबिधिक शिक्षाको केन्द्र बन्दै

Next Post

आरती अधिकारीको “लुकी लुकी मायाले” सार्वजनिक

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

Next Post
आरती अधिकारीको “लुकी लुकी मायाले” सार्वजनिक

आरती अधिकारीको “लुकी लुकी मायाले” सार्वजनिक

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?