लेखनाथ,३ फागुन ।
सामुदायिक सेवा केन्द्र लेखनाथले सोमावार एक कार्यक्रममा विच विभिन्न सामाजिक सघ सस्थामा आवद्ध ब्यक्तिहरुलाई स्वागत तथा सम्मान गरेको छ ।
सेवा केन्द्रले भरखरै मात्र सामुदायिक सेवा केन्द्र जिल्ला समोन्वय समितिमा निर्वाचित कार्यसमिति,नागरिक परोपकार समोन्वय सास्था, नेपाल राष्ट्रिय भु पु सैनिक तथा प्रहरी संगठनका पदाधिकारी र लेखनाथ सामुदायिक सेवा केन्द्रका सल्लाहकारहरुलाई लगाएतलाई स्वागत तथा सम्मान गरेको हो ।
कार्यक्रममा बोल्दै जिल्ला समोन्वय समिति कास्कीका अध्यक्ष वैन बहादुर क्षेत्री अधिकारीले समाज सुधारका लागि आफुले पाउनु भन्दा पनि महिले समाजलाई के दिए भनेर सेवाको भावले अगाडी वढ्न आग्रह गर्दै सेवा गरेकै आधारमा पाउने ईज्यत नै ठुलो भएको धारणा राखेका थिए।
सुखि नेपालीलाई कसरी खुशि बनाउन सकिन्छ भन्ने सवालमा यहाँ रहेका समाजिक संघ सस्था र सरकारी निकायका विच सहकार्य गर्दै अगाडी वढ्ने हो भने हामीले कल्पना गरेको सभ्य समाज निर्माण गर्न सकिनेमा अध्यक्ष क्षेत्रीको भनाई रहेको थियो ।
सोही अवसरमा पोखरा महानगरपालिका वडा नं २७ का वडाअध्यक्ष पुर्ण कुमार गुरुङले विकास निर्माणको क्षेत्रमा राजनिती नगरौ भनिन्छ तर अन्तिम अवस्थामा आएर यो पाटी र त्यो पाटीका कुरा आउदा सामाजिक संघ सस्था पनि अछुतो नरहेको बिचार राखेका थिए भने सामुदायिक सेवा केन्द्र जिल्ला समोन्वय समिति कास्कीका अध्यक्ष बोधराज कार्कीले सभ्य सुसस्कृती समाज निर्माणका लागि हामी नागरीकहरु बर्दि विनाका प्रहरी भएर काम गर्नु पर्ने सुझाव दिएका थिए ।
त्यसैगरि कार्यक्रममा नागरिक परोपकार समोन्वय सस्था कास्कीका अध्यक्ष राजेन्द्र ओझाले सामाजिक संघ सस्थाका विच सहकार्य र सामुहिक एकताका साथ अगाडी वढ्न सक्ने हो भने जति ठुलो काम पनि सहज रुपमा गर्न सकिने विश्वास आफनो सस्थाले अगाडी सारेको सव वहान खरिद अभियानले पुष्टि पारेको धारणा राखेका थिए ।
सामुदायिक सेवा केन्द्र एवंम सामुदायिक प्रहरि सेवा लेखनाथका अध्यक्ष त्रिलोचन लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष एल पी ढुगानाले गरेका थिए भने कार्यक्रम संचालन सचिव कृष्ण प्रसाद अधिकारीले गरेका थिए ।
Discussion about this post