लेखनाथ,३ फागुन ।
आमा समुहले पनि सामुहिक रुपमा कृषिका काम गरेर आय आर्जन गर्न सकिन्छ भन्दै पोखरा २६ मा स्थापना भएको नमुना कृषक आमा समुहको सोमवार भएको नवौं बार्षिक साधारण सभा तथा तेस्रो अधिवेसनले नयाँ कार्यसमिति चयन गरेकोे छ ।
दुई वर्षिय कार्यकालका लागि सर्वसम्वत रुपमा गठन भएको समितिको अध्यक्षमा सिता भण्डारी,उपाध्यक्षमा पार्वती वराल, सचिवमा एशोदा बराल र कोषाध्यक्षमा दुर्गा बराल रहेकी छन् भने समितिको सदस्यहरुमा राधा बराल, दुर्गा पोखरेल र ललिता सुनार रहेकी छन् ।
यस अघि कार्यक्रमको उद्घाटन गर्दै त्रिवेणी टोल विकास सस्थाका अध्यक्ष गणेशभक्त लामिछानेले आमा समुहले पहिला आफनो घर परिवार र त्यसपछि आफनो टोलको विकासमा सकरात्मक भुमिका निभाउन सक्ने विश्वास ब्यक्त गरेका थिए ।
आमा समुहकी अध्यक्ष पुतली लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा निर्वाचन मण्डलका संयोजक केशव ढुगाना,समाजसेवी क्याप्टेन भीमप्रसाद लामिछाने र पत्रकार भीमपाणि बराल लगाएतले आमा समुहले कार्य योजना ल्याउने र त्यसमा सवैले साथ दिन सक्ने हो भने आफनो टोललाई नमुना योग्य बनाउन सकिने विश्वास ब्यक्त गरेका थिए ।
Discussion about this post