लेखनाथ,१७ माघ ।
नेपाल कम्युनिष्ट पाटी (नेकपा) वडा कमिटी पोखरा–२७ ले सनिवार राखेको खुल्ला रक्तदानमा ४० युनिट रगत संकलन भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै नेकपाका स्थायी कमिटिका सदस्य तथा गण्डकी प्रदेशका अर्थ तथा योजना मन्त्रि किरण गुरुङले प्रधानमन्त्रि केपी शर्मा ओलीले नचाहदा नचाहदै संसद विगठ गर्न बाध्य पारिनुलाई प्रतिगमन नभई अग्रगामीको कदम भएको धारणा राखेका थिए ।
प्रधानमन्त्रि भए देखि नै आफनै पाटीबाट काम गर्ने वातारवण नभए पछि संविधान संकटमा पर्नु भन्दा जनताको ताजा अभिमत लिनुलाई अन्तराष्ट्रिय मुल्य र मान्तयता अनुरुप संसध विगठन गर्नु बाहेक आर्को कुनै उपाए नभएकाले कानुन सम्वत रुपमा नै संसद विगठन भएकाले बैशाखमा हुने निर्बाचनको अभियानमा जुट्न समेत नेता गुरुङले कार्यकर्तालाई आग्रह गरेका थिए ।
पहिलो रत्तदाताँ एकै परिवारका भगवती तिमिल्सेना,सुविन तिमिल्सेना र शन्देस तिमिल्सेनालाई ब्लड ब्याग हस्तान्त्रण गरि सुरु भएको कार्यक्रममा वडा नं २७ का वडाअध्यक्ष पुर्णकुमार गुरुङ,नेकपा जिल्ला कमिटिका सदस्य नारायणी भटराई,नेकपा नेता टिकाराम पंगेनी,सामुदायिक सेवा केन्द्र लेखनाथका अध्यक्ष त्रिलोचन लामिछाने,लेखनाथ उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष छत्रधर आत्रेय लगाएतले नेताहरुले देशमा शन्ति सुव्यवस्था सृजना गरि राजनितीक अस्थीरताको अन्त्ये गर्नु पर्ने सुझाव राखेका थिए ।
नेकपा वडा नं २७ का अध्यक्ष सुर्यमणि लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा संयोजक सुविन तिमिल्सेनाले स्वागत मन्तव्य र वडा कमिटिका सचिव रामप्रसाद तिमिल्सेनाले कार्यक्रम संचालन गरेका थिए ।
Discussion about this post