लेखनाथ,१६ माघ । भरखरै मात्र गठन भएको लायन्स क्लव अफ पोखरा लेखनाथले सनिवार आफनो सचिवालयको उद्घाटन तथा नयाँ सदस्यलाई स्वागत र प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।
लायन्स अभियानलाई सवै क्षेत्रमा पु¥याउने उदेस्यका साथ सुरु भएको कार्यक्रममा बोल्दै लायन्स क्लव ३२५ वी १ नेपालका पुर्व गर्भनल बालकृष्ण बुर्लाकोटीले सामाजिक प्रतिष्ठा सहित मानविय सेवामा गर्ने सस्थाको रुपमा लायन्स क्लव स्थापना भएकाले लायन्स क्लवको अभियानलाई सवै तहसम्म पु¥याउनु पर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा पुर्व डिष्ट्रक गर्भनल दिपक श्रेष्ठले सिक्ने र सिकाउने थलो लायन्स क्लव भएको विचार राखेका थिए भने लायन्स क्लवका पुर्व गर्भनल योगेन्द्र प्रधानले समाजलाई असल बाटो तर्फ अग्रसर गराउनु नै लायन्स अभियान भएको धारणा राखेका थिए ।
लायन्स क्लव अफ पोखरा लेखनाथका अध्यक्ष हरि बस्ताकोटीको अध्यक्षतामा भएको कार्यक्रममा डिष्ट्रक चिफ एड्भाईजर मनश्रीरत्न बज्राचार्य को–चिफ एड्भाइजर समुन भट्ट,सहायक चिफ एड्भाईजर मिलन थापा र डिष्ट्रक एओजी मोतीराज तिमिल्सेना लगाएतले लायन्स अभियानका बारेमा जानकारी गराएका थिए ।
क्लवका संरक्षक मधुसुधन कोईरालाले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य प्रथम उपाध्यक्ष घनश्याम ढुगानाले गरेका थिए । भरखरै मात्र गठन भएको लायन्स क्लव पोखरा लेखनाथको अध्यक्षमा हरि वस्ताकोटी, प्रथम उपाध्यक्षमा घनश्याम ढुगाना, द्धितिय उपाध्यक्षमा आनन्द वजगाई, सचिवमा मनोज गुरुङ र कोषाध्यक्षमा दुर्गामान श्रेष्ठ रहनु भएको छ ।
Discussion about this post