दुलेगौडा । तनहुँको शुक्लागण्डकी नगरपालिका वडा नं. ८ स्थित बाराही प्र.वि.लाई लायन्स क्लब अफ दुलेगौडा खैरेनिटार सिटिले न्यानो कपडा तथा स्टेसनरी सामग्री वितरण गरेको छ । क्लबले बालबालिकालाई चिसोबाट बच्न र सिकाईलाई सहज बातावरण बनाउनका लागि उक्त सामग्रीहरु वितरण गरेको हो ।
क्लबले विद्यालयमा विद्याथीहरुलाई सिकाईप्रति उत्साहीत बनाउनका लागि २२ जना विद्यार्थीहरुलाई करिब ४० हजार बराबरको न्यानो कपडा र स्टेस्नरी सामग्रीहरु वितरण गरेको क्लबका अध्यक्ष कमल भट्टराईले बताए । जँहा क्लबले विद्यार्थीलाई ट्रयाक सुट, कपि, कलम लागयतका सामग्रीहरु वितरण गरेको थियो ।
विद्यालयमा विद्यार्थीहरुको संख्या न्यून रहेको हुदाँ यस्ता कार्यक्रमहरुले विद्यालयमा विद्यार्थीक संख्या वृद्धि गर्न पनि महत्त्वपूर्ण भुमिका खेल्ने बताए । विद्यालयमा दिवा खाजा कार्यक्रम भएता पनि प्रभावकारी रुपमा भने संञ्चालन हुन नसकेको भट्टराईल बताए । जसका लागि क्लबले आगामी दिनमा पनि सहयोग गदै जाने बताए ।
न्यानो कपडा र स्टेसनरी सामग्री वितरण कार्यक्रममा जोन चियर प्रशन प्रदिप थापा, लियो क्लब अफ दुलेगौडा खैरेनिटार सिटिका अध्यक्ष विनोद पोख्रेल लगायत विद्यालयका प्रधानाध्यापकहरुको उपस्थिती रहेको थियो ।
Discussion about this post