दमौली । माइती चेलीबाट तनहुँकी एक मृर्गौला पीडित महिलालाई आर्थिक सहयोग प्राप्त भएको छ ।
जिल्लाको व्यासनगरपालिका–३ गुँदी अर्चलगैरा जन्म घर भई हाल कतारमा काम गर्दै आउनु भएकी कौशिला पन्थद्वारा आर्थिक सहयोग भएको हो । आर्थिक अवस्था नाजुक रहेकी सोही वडा निवासी मृर्गौला पीडित भद्रीमाया कामीको उपचारको लागि चौतिस हजार चार सय सत्तरी सहयोग गर्नुभएको हो ।
आफु र संगै कार्यरत मनकारी साथीहरुबाट रकम संकलन गरी सहयोग गर्नु भएको भद्रीमाया कामी बचाऔ अभियानका अभियान्त एवं स्थानीय ईश्वरराज पन्थले जानकारी दिनुभयो ।
कामी बचाऔ अभियान अन्र्तगत हालसम्मकै सर्वाधिक ठुलो रकम सहयोग मिलेको उहाँले बताउनुभयो । माइती गाउँलेको दुःखमा मलमपट्टी लगाउन गर्नुभएको सहयोग सह्रानीय रहेको छ । उहाँले भन्नुभयो ‘यसबाट हामीलाई काम गर्न थप हौसला मिलेको छ । ’
आर्थिक अभावमा उपचार गर्न समस्या रहेको कामीको उपचारको लागि सहयोग गरिदिन सबैमा आग्रह गरेका छन् । पछिल्लो समय मिर्गौलाका बिरामीको संख्या बढ्दै गएको छ । विभिन्न संघसंस्था र व्यक्तिको सहयोगमा कतिपय यता बिरामीको सहज रुपमा उपचार पनि हुदै आएको छ ।
Discussion about this post