दमौली । नेपाल कम्यूनिष्ट पार्टी नेकपा का केन्द्रिय सदस्य प्रतापलाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली यसपटक पनि नमिठो संग पछारिने बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अबैधानिक संसद विघटनको बिरोधमा दाहाल– माधव नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टी तनहुँले मंगलबार दमौलीमा आयोजना गरेको बिरोध सभामा सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
ओली धेरै पटक पछारिएको उल्लेख गर्दै नेता श्रेष्ठले यसपटक पनि लाजमर्दो तरिकाले ओली पछारिने छन् । भष्टचार,दलाल,अर्थतन्त्र चौपट पार्नेहरुबाट घेरिएका ओलीले ठुलो धोका पाउने श्रेष्ठको दाबी थियो ।
सर्वोच्चले देश र जनताको पक्षमा फैसला गर्नेछ । उनले भने “अदालतको फैसला प्रचण्ड र माधव नेतृत्वको पक्षमा हुनेछ ढुक्कसंग बःनोस् ।” हजारौ नेपालीहरुको बलिदानबाट आएको उपलव्धिलाई लत्याएर देश र नेपाली जनतालाई धोका दिने कार्य भएकोले यसको बिरुद्दमा उत्रिनु परेको उनको भनाई थियो ।
शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा गरिएको संसद विघटनले राजा ज्ञानेन्द्रले प्रतिगमन कदम आए जस्तै नियति भोग्नु पर्ने उनले चेतावनी दिए । विघटित प्रतिनिधी सभा सदस्य कलिला खानले प्रधानमन्त्री ओलीले प्रतिनिधी सभा विघटन गरेर आफै कमजोर र अल्पसंख्यामा रहेको धारण राखिन् । राष्ट्रपतिले देश र संविधानको संरक्षण गर्नुको अलवा प्रधानमन्त्रीको इशारामा कू कार्य गरेको बताइन् ।
गण्डकी प्रदेश सचिवालय सदःय हेमराज लामिछानेले संसद विघटन गरेर
देशलाई दलदलमा फसाउने कार्य भएको बताए । यसको मुक्तिको लागि जनताले सडक तताउन आवश्यक रहेको समेत औल्याए । नेकपा जिल्ला सचिव राजेन्द्रकेशरी न्यौपानेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा ःथानीयको तर्फबाट पूर्णसि
थापा,अनेमसंघकी प्रतिनिधी मनुमाया श्रेष्ठ,मुक्ति समाज तनहुँका अध्यक्ष रनसिं नेपाली,राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष ईश्वर बःयाल,अनेरास्ववियका अध्यक्ष डम्बर बिक लगायतका वक्ताहरुले प्रधानमन्त्रीको कदमको गैरसंवैधानिक भएको आ आफ्ना धारण राखेका थिए ।
कार्यक्रम संञ्चालन पार्टीका कार्यालय सदस्य बिष्णुभक्त सिग्देलले गरेका थिए । कार्यक्रममा स्वागत पार्टीका नेता मदन आले र धन्यवाद युवा नेता श्रीराम कार्कीले धन्यवाद व्यक्त गरेका थिए ।
Discussion about this post