• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home हेडलाईन

तनहुँमा हर्षाेउल्लास सहित तमु ल्होसार मनाईँदै

Lekhnath Khabar by Lekhnath Khabar
December 30, 2020
in हेडलाईन
0
0
SHARES
74
VIEWS
Share on FacebookShare on Twitter

दुलेगौडा । गुरुङ समुदायले नयाँ वर्षलाई स्वागत गर्दै आज बुधबार ल्होसार’ पर्व मनाउँदैछ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘ल्होसार’ भनिएको हो ।

यो पर्व सूर्यको किरणसँग पनि सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ गते यो पर्व मनाउने गरिएको विश्वास गरिन्छ । यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा तामाङ्ग र शेर्पा समुदायले यो पर्व मनाउने गरेका छन् ।

तमु ल्होसारका अवसरमा तनहुँका विभिन्न स्थानमा कार्यक्रम गरेर ल्होसार मनाएदै आएको भएता पनि यस बर्ष भने औपचारिक कार्यक्रमहरु कतै पनि आयोजना नभएको तमू ह्युला छोँज धि गुरुङ्ग राष्ट्रिय परिषद तनहुँका अध्यक्ष खेमराज गुरुङ्गले जानकारी दिए । उनले कोरोना महामारीका कारण यस बर्ष कार्यक्रम गर्ने कुनै पनि निर्णय नभएको जानकारी दिदै परिवार परिवारमा मनाउन आग्रह गरिएको बताए ।
विभिन्न इकाईहरुमा पनि आपसमा भेला भएर सामुहिक रुपमा ल्होसार मनाउने तयारी भएको उनलेको बताए । यसरी आयोजना गरिएको कार्यक्रममा भिडभाड कम गर्न तमु ह्युला छोँज धि तनहुँले आग्रह समेत गरेको छ ।

जिल्लाको शुक्लागण्डकी नगरपालिकाको वडा न १२ फिरफिरे गुरुङ्ग समुदायका बाक्लो बसोबास रहेको वडा हो । यहाँ आज विभिन्न गाउँमा रहेको गुरुङ्ग समुदायले एक स्थानमा सहभागि भई सामुहिक ल्होसार मनाउँदैछन् । वडा न १२ का वडाध्यक्ष मनराज गुरुङ्गले आफुहरुको समुदायको सबैभन्दा महान्पर्वको रुपमा रहेको तमु ल्होसारको महत्व बढाएर तमु समुदाय विचको आपसी सम्वन्ध प्रगाढ बनाउने उदेश्यले सामुहिक ल्होसारको कार्यक्रम गर्ने निर्णय गरिएको बताए ।

ल्होसारको अवसरमा फिरफिरेमा रहेका तमु समुदायलाई आठ समुदायमा विभाजन गरि मौलिक खाना र संस्कृती जोगाउने गरि कार्यक्रम गरिने गुरुङ्गले बताए । वर्षलाई १२ वटा जीवजन्तुको प्रतीकका रुपमा लिइने चलनअनुसार मनाउन लागेको यो पर्वको गुरुङ जातिको आफ्नो छुट्टै मौलिक परम्परा र इतिहास बोकेको पर्व रहेको छ ।

ल्होसारको अवसरमा गण्डकी प्रदेश सरकारले आज सार्वजनिक विदाको घोषणा गरेको छ । तमु समुदायको बाहुल्यता रहेको गण्डकी प्रदेशमा आज विद्यालय, सरकार कार्यालय लगायत बन्द रहनेछन् । गण्डकी प्रदेशमा कुल जनसंख्याको झण्डै ९ प्रतिशत गुरुङ्ग समुदाय बसोबास रहेको छ ।

Tags: तमु ल्होसार बिशेष
Previous Post

माइती चेलीद्वारा मृर्गौला पीडितलाई आर्थिक सहयोग

Next Post

दुर्लभ वन्यजन्तु रातो हाब्रे सङ्कटमा

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न थप कसरत आवश्यकः प्रदेश प्रमुख भट्ट
समाचार

प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न थप कसरत आवश्यकः प्रदेश प्रमुख भट्ट

संक्रामक अस्पतालका डाक्टरहरुको करार समाप्त, बिरामी भर्ना बन्द
समाचार

संक्रामक तथा सरुवा रोग अस्पतालले सेवा विस्तार गर्दै

दशैं टोल कपको बिजेता बन्यो टिम मेट्स
खेलकुद

दशैं टोल कपको बिजेता बन्यो टिम मेट्स

लेउवा संघको १४ औं महाधिवेशन: अध्यक्ष पदमा ६ जनाको दावेदारी प्रस्तुत
अर्थ खबर

लेउवा संघको १४ औं महाधिवेशन: अध्यक्ष पदमा ६ जनाको दावेदारी प्रस्तुत

बस र मोटरसाइकल ठोकिँदा एकको मृत्यु, एक घाइते
समाचार

बस र मोटरसाइकल ठोकिँदा एकको मृत्यु, एक घाइते

Next Post
दुर्लभ वन्यजन्तु रातो हाब्रे सङ्कटमा

दुर्लभ वन्यजन्तु रातो हाब्रे सङ्कटमा

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?