दुलोगौडा । विद्यालय ब्यवस्थापन समितिको अध्यक्ष चयनका विषयमा भएको लामो अतिरोधलाई अन्त्य गर्दै पञ्चमुनिदेव माध्यामिक विद्यालयका अध्यक्षमा सन्तोष श्रेष्ठ चयन हुन सफल भएका छन् । जिल्लाकै उत्कृष्ट विद्यालयको रुपमा परिचित विद्यालयका अध्यक्ष बन्ने आकाँक्षीहरु धेरै भएका कारण गत भदौदेखि समितिको अध्यक्ष चयन हुन सकेको थिएन ।
विवाद र पटक पटकको गतिरोधलाई अन्त्य गर्न यस अघिका तीन आकाँक्षीहरु निवर्तमान अध्यक्ष सुरेन्द्र पौडेल, हरि भण्डारी र मोति पौडेल अध्यक्षको दौडबाट पछि हट्न सहमत भएपछि श्रेष्ठ सर्वमम्मत अध्यक्ष बन्न सफल भएका हुन् ।
शुक्लागण्डकी नगरपालिकाका ४ का वडा सदस्य समेत रहेका श्रेष्ठलाई अध्यक्ष बनाउन निवर्तमान अध्यक्ष पौडेलले प्रस्ताव अघि सारेका थिए ।
दुई बर्षे कार्यकाल सकेर दोस्रो कार्यकालका लागि पनि पौडेलले आकाँक्षा ब्यक्त गरेपछि वडा शिक्षा समितिले पौडेलाई नेतृत्वबाट हटाउने निर्णय गरेको थियो । पौडेलको कार्यकाल समाप्तीसँग वडाध्यक्ष शिवकुमार श्रेष्ठले अध्यक्षता गर्दै आएका थिए । वडाध्यक्षले केही समय पश्चात नै मोति पौडेललाई अध्यक्षमा नियुक्त गरेपश्चात विद्यालय ब्यवस्थापन समिति चयनको विषय विवादिन हुदै न्यायिक समिती शुक्लागण्डकीले मोति पौडेलको नियुत्ती खारेज गर्न आदेश दिएको थियो । न्यायिक समितिको आदेश पछि खाली रहेको समितिको अध्यक्ष पद विहिबार पुर्ण भएको विद्यालयका सुचना अधिकारी लक्ष्मण पुरीले बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक ध्रुवकुमार मल्लले विद्यालयमा हाल कक्षा १२ सम्म २ हजार ३ सय भन्दा धेरै विद्यालय अध्ययनरत रहेको जानकारी दिए । मल्लले बर्षेनी जिल्लामा उत्कृष्ट नतिजा प्राप्त गर्दै आएको बताउदै शैक्षिक गुणस्तर कायम गर्न विद्यालय प्रयारत रहेको बताए ।
उनले विद्यालयमा प्राविधिक तर्फ पशु विज्ञान सहित अंग्रेजीर नेपाली दुवै माध्यामका अध्यापन हुदै आएको पनि जानकारी दिनुभयो । कक्षा ११ र १२ पढ्ने विद्यार्थीहरुले विज्ञान विषयक समेत यहाँ अध्ययन गर्न सक्ने विद्यालयले जनाएको छ ।
Discussion about this post