• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

आर्थिक अभावकै कारण घरमा उपचार गराउन बाध्य

Lekhnath Khabar by Lekhnath Khabar
December 27, 2020
in समाचार, समाज
0
0
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

हरि खरेल/दुलेगौडा ।  तनहुँको शुक्लागण्डकी नगरपालिका ४ दुलेगौडा बस्ने सुनिता थारु असार ११ गते सवारी दुर्घटनामा परेकी थिईन् । दुर्घटन पछि उपचारत अवस्थामा रहेकी थारु आर्थिक अवस्था अभावकै कारण घरमै सामान्य उपचारमा जीवन बिताउन बाध्य छिन ।
दुर्घटनाको क्रममा थारुको मुख र कम्मरमा गहिरो चोट पुगेको थियो । दुलेगौडाको दुर्गा मन्दिर अगाडी टाटा सुमोले ठक्कर दिँदा गम्भिर घाईते भएको उनका श्रीमान् भागिराम थारुले जानकारी दिए ।

दुर्घटना पछि थारुलाई उपचारको लागि पोखार स्थित फेवासीटी हस्पिटलमा लगिएको थियो । हस्पिटलले सामान्य उपचार पछि उनको उपचारको लागि काठमाडौ स्थित ट्रमा सेन्टरमा लगिएको थारुले बताए ।

अस्पताल लगिएता पनि केही समयको उपचार पछि उनलाई कोरोना पोजेटिभ देखीयो । कोरोना संक्रमण देखीएपछि ट्रमा सेन्टरबाट मेघा अस्पतालमा रिफर गरिदिएको थियो । केही समयपछि कोरोना नेगेटिभ देखिएपछि थारुलाई बिर अस्पतालमा रिफर गरिदिएको बताए ।
दुर्घटना पछि थारुको उपचारको लागि दुर्घटना गराउनेले ३ लाख रुपैया दिएको थियो । “जहाँ लगे नि लैजाउँ पैसा दिन्छु भन्नु भएको थियो सुरुमा” भागिरामले भने, “पछि धेरै गाह्रो भएता पनि पैसा दिनुभएन ।”

भागिरामले उपचारको लागि पैसा आवश्यक भएपनि दोषी चालकले धम्की दिने गरेको बताए । उनका अनुसार चालकले आफुले दिनुपर्ने पैसा दिइसकेको भन्दै अव दिन नसक्ने जवाफ फर्काउने गरेका छन् । जेल बस्न तयार रहेको भन्दै पैसा नदिने अडान लिएपछि श्रीमतीको उपचारका लागि निकै गाह्रो भएको उनले बताए ।

“सुरु सुरुमा गाडी निकाल्नभनेर मात्र फोन आउने गरेको थियो, पछि गाडी कसरी निस्कियो थाहा पनि भएन ।” उनले भने “पैसा नभएपछि अस्पतालमा उपचार गर्न नसकेर घरमा ल्याएको हुँ ।”

अहिले थारुको अवस्था कम्मर भन्दा तलको भाग नै नचल्ने भएको छ । उपचारको लागि आर्थिक अवस्था कमजोर रहेकै कारण थारु आफैले नै घाउको ड्रेसिङ गर्ने गरेको बताए । आर्थिक अवस्थाको कारण श्रीमतिको उपचार गर्न नसकेको हुदाँ सबै सामु सहयोगको अपेक्षा राखेका छन् ।

थारुको उपचारका लागि सहयोग जुट्दै

दुर्घटनाले ग्रस्त भएर घरैमा उपचारत अवस्थामा रहेको थारुको लागि शुक्लागण्डकी ४ दुलेगौडा बस्ने राजकुमारी अधिकारी र गुरुङ किराना पसलबाट घरखर्च र सामान्य मलम पट्टिको लागि २ हजार रुपौया आर्थिक सहयोग गरेका छन् ।

युवाहरुको समुह बनाई घरदैलो गर्दै आर्थिक रकम संकलन गर्न सके घाईते थारुको उपचारको लागि राहत पुग्ने हुने स्मृत फेन्मीको संञ्चालिका अधिकारीले बताईन् ।

Previous Post

दुर्गन्धित क्षेत्र सफाईमा जुटे मेयरदेखि ब्यापारीसम्म

Next Post

गतिरोध अन्त्य गर्दै पञ्चमुनिदेवको अध्यक्ष बने सन्तोष

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
गतिरोध अन्त्य गर्दै पञ्चमुनिदेवको अध्यक्ष बने सन्तोष

गतिरोध अन्त्य गर्दै पञ्चमुनिदेवको अध्यक्ष बने सन्तोष

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?