म्याग्दे गाउँपालिका कार्यालयको प्रशासनिक भवन निर्माण हुने भएको छ । लामो समय देखि गाउँपालिकाको केन्द्र विवादका कारण निर्माण हुन नसकेका भवन नारिङ्गेमा बनाउने गरि बुधबार पूर्वसभामुख ताराराज रानाभाटले शिलान्यास गरे ।
म्याग्दे गाउँपालिका वडा न ४ मा रहेको नारिङ्गेमा बन्ने भवनको शिलान्यास पश्चातको समारोहमा बोल्दै प्रधानमन्त्री केपि शर्मा ओलीको निर्णयले नागरिकको विस्वास माथि धोका भएको बताएका छन् । रानाभाटले संविधानमा प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नभएको भन्दै ओलीको असंवैधानिक निर्णय कार्यान्वयन गर्न देशको राष्ट्रपति समेत मतियार बनेको बताए ।
”संविधानका रक्षकको रुपमा रहेको राष्ट्रले त सोच्नुपथ्र्यो”उनले भने “देशको स्थितीको बारेमा राष्ट्रपतिलाई ज्ञान रहेनछ ।” उनले प्रधानमन्त्रीको गतल निर्णयलाई समर्थन जनाएर संसद विघटन गर्दा देशको अवस्था दयनिय बन्दै जान थालेको बताउनुभयो ।
दुई वर्षभित्र निर्माण गर्ने लक्ष्य राखिएको भवन रु दश करोड ३५ लाख ६९ हजार ८८४ को लागतमा निर्माण हुन लागेको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा रु छ करोड ८५ लाख ५० हजार २५ र आगामी आवमा रु तीन करोड ५० लाख १९ हजार ८५८ को काम हुनेछ ।
Discussion about this post