हरि खरेल/कोत्रे । शुक्लागण्डकी नगरपालिकाका कतिपय वडा कार्यालयहरु भाडामा त कतिपय सामाजिक सस्थाबाट संचालनमा आएको लामो समय भई भएको छ । बैकल्पिक ब्यवस्था समेत नभएका केही वडाहरुले आफ्नै भवन निर्माण गरिसकेका छन् भने केही वडाका भवन बन्ने क्रममा रहेका छन् । लामा समेत सम्म तत्कालिन ढोरफिर्दी गाविस हाल वडा न ८ को भवन भित्रकै एक कोठामा खुम्चिएको वडा न ९ र १० ले अहिले आफ्नै भवन निर्माण गरेर सेवा दिईरहेको छ ।
सामाजिक सस्थाहरुको भवनबाट सेवा दिईरहेको शुक्लागण्डकी नगरपालिका वडा न २ र ७ को भवन निर्माणको लागि सुरुवात भएको छ । मंगलबार वडा न २ कोत्रेको भवन निर्माणका लागि मेयर किसान गुरुङ्गले शिलान्यास गरे । यस अघि वडा न २ को कार्यालय तत्कालिन पञ्चातय कालिन समयमा निर्मण गरिएको साँधुरो दुई कोठामा सिमित रहेको थियो ।
”साह्रै नै साधुरो भयो, नवनाई नहुने भएकाले अर्काे भवन बनाउन लागेका हौँ” वडाध्यक्ष जगतबहादुर गुरुङ्गले भने । वडाले हाल सेवा प्रवाह गर्दै आएको भवन र परिसर स्थानीय क्लव लगायत सामाजिक संघ सस्थाले समेत उपभोग गर्दै आएका थिए । वडा कार्यालय भवन बनेपछि सामाजिक सस्थाहरुको प्रयोगको लागि हालको भवन दिइने वडाध्यक्ष गुरुङ्गले जानकारी दिए ।
नगरपालिका स्थापना पश्चात वडा कार्यालयको समस्या भोग्दै आएका केही जनप्रनिधिहरुले गत बर्ष मात्र ५ वडा भवन पाएका छन् । नगरपालिकाका प्रबक्ता खिमबहादुर कुमालले गत बर्ष नगरले ३, ४, ९, १० र ११ का भवन निर्माण भएको जानकारी दिए ।
नगरपालिकामा अझै पनि वडा न ७ले महिला सहकारिको भवनबाट सेवा दिदै आएको भएता पनि आफ्नै भवन निर्माण गर्न सकेको छैन । निर्माणको चरणमा रहेको बताइएता सुरुवात भने भएका छैन । वडाध्यक्ष रामबहादुर थापाले निर्माणको तयारी भएको जानकारी दिदै हालसम्म सार्वजनिक भवनबाट सेवा दिईरहेको बताउनुभयो । अन्य वडा कार्यालयहरु भने साविकको गाविसले निर्माण गरेको कार्यालयबाटै सेवा दिएका छन् ।
Discussion about this post