• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

बंगुरपालनबाट राम्रो आम्दानी गर्दै ‘झलक’

Lekhnath Khabar by Lekhnath Khabar
December 23, 2020
in समाचार, समाज
0
0
SHARES
98
VIEWS
Share on FacebookShare on Twitter

सानेबहादुर नेपाली/दमौली । जिल्लाको ऋषिङगाउँपालिका–५ राम्जाकोटबाट विसं ०६० सालमा दमौली झर्नुभएका झलक बहादुर आलेले बंगुरपालनबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ ।

दमौली आएपछि मासु व्यवसाय थाल्नु भएका आलेले विसं ०७० साल देखि नै व्यवसायिक रुपमा बंगुर पालन गर्न थालेपछि उहाँको जीवनशैलीमा परिवर्तन आएको हो । मासु व्यवसाय संग संगै व्यासनगरपालिका–५ चापाघाट स्थित सिर्दीमा रु.बाइस लाखमा दश रोपनी जग्गा किनेर बंगुर पालन थाल्नु भएका आलेले पछिल्लो समय रााँगा समेत पाल्न शुरु गर्नुभएको छ ।

पृथ्वीराजमार्ग सडकमा रहेको उक्त जग्गाको मूल्य नै रु.करोड भन्दा बढी पर्न सक्ने देखिएको छ । सामान्य परिवारमा हुर्किएका आलेले पशुपालन र मासु व्यवसायबाट राम्रै आम्दानी हुदै गएकोमा खुशी भएका छन् ।

रु.पाँच लाख खर्च गरी बंगुरको खोर र रााँगाको गोठ निर्माण गर्नु भएका आलेले रु.सात लाखमा बंगुर र रु.पाँच लाख बराबरको रााँगो तयारी अवस्थामा रहेका छन् । उहाँले निर्माण गरेका नौ वटा खोरमा ३५ वटा बंगुर,२५ वटा बँदेल, र दश वटा सुँगुर गरी ७० वटा छन् भने पाँच वटा रााँगा मासुको लागि तयारी भैसकेका छन् ।

आलेले व्यासनगरपालिका–३ स्थित मासुलाइनमा दुई वटा झलक मासु पसल र व्यास–३ देउराली नगरमा तीन ढलानको पक्की घर निर्माण गर्नुभएको छ । दिनमा कम्तिमा रु.४० हजार देखि बढीमा रु. एक लाख सम्मको मासु बिक्री हुने गरेको उहाँले बताउनुभयो ।

बंगुर र रााँगो पाल्नको लागि दुई जना कर्मचारीलाई खाना बस्न दिएर मासिक रु. बीस हजार तलब खर्च हुने गरेको आलेले बताउनुभयो । फूर्सदको समयमा बेला बेलामा गएर रेखदेख गरी आवश्यक आहाराको व्यवस्था गर्ने गरेको उहाँले जानकारी दिनुभयो ।
उक्त क्षेत्रमा रहेका ३६ वटा मासु व्यवसायी मध्ये बंगुर पालन गरी बंगुरको धेरै मासु बिक्री गर्ने आले नै हुनुहुन्छ । अधिकाँश मासु पसलमा उहाँले नै मासु सप्लार्यस गर्दै आउनु भएको छ । मासु व्यवसायी संघ तनहुँका कोषाध्यक्ष समेत रहनु भएका आले मिहिनेत गर्न सके मासुजन्यबाट राम्रै कमाई गर्न सकिने बताउनुहुन्छ ।

बँदेलको मासु प्रतिकिलो रु.छ सय,सुँगुर रु.पाँच सय र बंगुर÷रााँगो रु.चार सयमा बिक्री गर्ने गरेको उहाँकी श्रीमति कृष्णमायाले बताउनुभयो । मासु पसलमा तीन जना जनशक्तिले ग्राहकलाई सेवा प्रदान गर्दै आएका छौ । उहाँले भन्नुभयो ‘कोभिड–१९ का कारण मासुको व्यपार केहि हदमा घटेको छ ।’

महिनामा रु.१२ लाख देखि पन्ध्र लाख सम्मको मासु बिक्री गरेर राम्रै आम्दानी हुदै आएको उहाँले बताउनुभयो ।

ससेजको व्यापार फस्टाउँदै : व्यवसायी आलेले ससेज व्यापार पछिल्लो समय फस्टाउँदै गएको बताउनुभयो । युवायुवतीहरुको आर्कषणको रुपमा रहेको ससेजको व्यापारमा बृद्धि हुदै गएको छ । चार सय ग्राम चिकेन÷बंगुरको ससेजको रु.तीन सय ७० र बफको रु.तीन सय २० मा बिक्री हुने गरेको छ । ससेज निर्माण गरी जिल्लाका विभिन्न स्थानमा सप्लार्यस गर्दै आएको आलेले बताउनुभयो ।

Previous Post

ऋषिङलाई चिनाउन म्याराथुन दौड प्रतियोगिता हुने

Next Post

आदिकवि क्याम्पसका छात्रालाई स्यानिटरी प्याड

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

२१औं लेखनाथ महोत्सवमा तेश्रो दिन ४० हजार दर्शक
समाचार

२१औं लेखनाथ महोत्सवमा तेश्रो दिन ४० हजार दर्शक

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे
समाचार

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ : मुख्यमन्त्री पाण्डे

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने
समाचार

२१ औं लेखनाथ महोत्सव आजबाट, मुख्यमन्त्री पाण्डेले उद्घाटन गर्ने

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

Next Post
आदिकवि क्याम्पसका छात्रालाई स्यानिटरी प्याड

आदिकवि क्याम्पसका छात्रालाई स्यानिटरी प्याड

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?