काठमाण्डौँ । नेपाल कम्युनिष्ट पार्टीमा नेताहरूले आफ्नो कित्ताकाट थालेका छन्। यसअघि एउटा समूहमा रहेका केही नेताहरू अर्को समूहमा पुगेका छन्। विभाजनको असर यतिसम्म परेको छ कि पति(पत्नी नै फरक(फरक गुटमा पुगेका छन्।
रघुवीर महासेठ र जुली महतो दम्पती दुबै प्रतिनिधि सभामा नेकपाका सांसद हुन्। महासेठ २०७४ सालको निर्वाचनमा धनुषा(४ बाट निर्वाचित भएका थिए भने महतो समानुपातिक सांसद हुन्। स्थायी समिति सदस्यसमेत रहेका महासेठ लामो समयदेखि केपी शर्मा ओली समूहमा थिए। ओलीले उनलाई भौतिक पूर्वाधार मन्त्रीसमेत बनाएका थिए।
अहिले महासेठ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाल समूहमा पुगेका छन् भने महतो ओली समूहका भेलामा सहभागी भएकी छन्। महासेठ मंगलबार दिउँसो बबरमहलमा भएको प्रचण्ड(नेपाल पक्षीय स्थायी कमिटीको बैठकमा सहभागी भएका थिए।
Discussion about this post