• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home धर्म संस्कृति

पच्चीस वर्षपछि “विश्व सम्पदा”मा सूचीकृत हुँदै पनौती नगर

Lekhnath Khabar by Lekhnath Khabar
December 18, 2020
in धर्म संस्कृति, समाचार
0
0
SHARES
197
VIEWS
Share on FacebookShare on Twitter

 

काभ्रेपलाञ्चोक। ऐतिहासिक, धार्मिक–सांस्कृतिक तथा पुरातात्विक नगर पनौती विश्व सम्पदा सूचीमा सूचीकृत हुने भएको छ ।

संयुक्त राष्ट्रसङ्घीय अङ्ग (युनेस्को) द्वारा २५ वर्षअघि प्रस्तावित काभ्रेपलाञ्चोकको पनौतीलाई विश्व सम्पदामा सूचीकृत गर्ने कामले यो वर्ष तीव्रता पाएको नगरले जनाएको छ । सूचीकृतको अन्तिम प्रक्रिया नेपालस्थित मन्त्रिपरिषद् बैठकको निर्णयको पर्खाइमा छ ।

पनौती नगरलाई विश्व सम्पदामा सूचीकृत गर्ने कार्य गत साल नै अघि बढाइएपछि युनेस्कोको नेपाल प्रमुख क्रिष्टियन मनहर्टले हालै पनौतीका ऐतिहासिक, धार्मिक तथा पुरातात्विक सम्पदाको अवलोकन गर्नुभएको थियो । अवलोकनका क्रममा मनहर्टले विशेष रुचिपूर्वक मठमन्दिर तथा पुराना नेपाली मौलिकता बोकेका घरलाई विश्व सम्पदामा सूचीकृत गर्न युनेस्को तयार भएको स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएपछि नगरले प्रक्रियाका लागि बजेटसमेत विनियोजन गरेको थियो ।

काभ्रेपलाञ्चोकको पनौती विश्व सम्पदामा सूचीकृत भएपछि ‘पनौती युनेस्को विश्व सम्पदा क्षेत्र’ भनिनेछ । युनेस्कोले कुनै पनि राष्ट्रको विशेष सांस्कृतिक महत्व राख्ने ९जस्तैः वन, पहाड, ताल, द्वीप, मरुभूमि, स्मारक, भवन वा शहर० धरोहरहरुलाई आफ्नो सूचीमा सूचीबद्ध गर्ने गर्दछ । यसलाई विश्व सम्पदा समितिद्वारा चयन गर्ने गरिन्छ । सूचीबद्ध भएपछि यस सम्पदा क्षेत्रको रेखदेख युनेस्कोको तत्वावधानमा हुनेछ ।

पनौतीलाई सरकारले प्राचीन स्मारक संरक्षण ऐन, २०३१ अनुसार विसं २०५८ मा ‘स्मारक क्षेत्र’ घोषणा गरिसकेको छ । युनेस्कोको नेपालस्थित निकायले विसं २०५२ मै पनौतीलाई मध्यकालीन वास्तुकला क्षेत्र जनाउँदै विश्व सम्पदामा सूचीकृत गर्न प्रस्ताव गरेको थियो । त्यसयता सरोकारवालाको बेवास्ताले सूचीकृतको काम अन्योलमा रहँदै आएको नगरप्रमुख न्यौपानले बताउनुभयो । पुरातत्व विभागद्वारा हाल पनौती नगरका ऐतिहासिक मठमन्दिर तथा पुराना कलात्मक शैलीका घरको पुनःनिर्माण भइरहेको छ ।

पनौती नपाको वडा नं ५, ६ र ७ मा १०० भन्दा बढी ऐतिहासिक मठमन्दिर, पाटी, पौवा रहेका छन् । फ्रान्स सरकारको सहयोगमा विसं २०४८ देखि २०५५ सम्ममा ती मठमन्दिर, पाटी, पौवाको मर्मत एवं जीर्णोद्धार गरिएको थियो ।

पुरातत्व विभागका अनुसार नेपालको चार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको छ । काठमाडौँ उपत्यका (उपत्यकाका सात क्षेत्रः काठमाडौ दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, पशुपतिनाथको मन्दिर, स्वयम्भूनाथ, बौद्धनाथ र चाँगुनारायण मन्दिर), चितवन राष्ट्रिय निकुञ्ज, लुम्बिनी र सगरमाथा राष्ट्रिय निकुञ्ज रहेका छन् । नेपालले हालसम्म पनौतीसहित १५ ऐतिहासिक एवं पर्यटकीयस्थललाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न युनेस्कोसमक्ष प्रस्ताव गरेको छ । यसमध्ये सूचीकृतमा पनौती पहिलो हुने देखिएको छ ।

Previous Post

तनहुँका ९९ जना मानिहरुको मानव अधिकार हनन्

Next Post

स्थानीयहरु गोलभेडामा खेतितर्फ आकषिर्त बन्दै

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
स्थानीयहरु गोलभेडामा खेतितर्फ आकषिर्त बन्दै

स्थानीयहरु गोलभेडामा खेतितर्फ आकषिर्त बन्दै

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?