हरि खरेल दुलेगौडा । तनहुँमा यस बर्ष ७१ वटा मानव अधिकार सम्बन्धी घटना दर्ता भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक ) तनहुँको वाािर्षक प्रतिवेदन अनुसार ७१ वटा घटनाहरु दर्ता हुदाँ ९९ जना मानिसहरुको मानव अधिकार हनन भएको ईन्सेक तनहुँका जिल्ला प्रतिनिधी प्रकाशचन्द्र भट्टराईले जानकारी दिनुभयो ।
जिल्लाभित्रका विभिन्न स्थानीय तहहरुमा घरेलु हिंसाबाट ४०, बलत्कारका घटना १९ र विभिन्न मुद्दाका घटना १२ गरि ७१ वटा घटनाहरु दर्ता भएका छन् । “सबैभन्दा बढि घरेलु हिंसामा परि मानव अधिकार हनन हुने गरेको छ ।” उहाँले भन्नुभयो ,“३० भन्दा बढि घटना मिलापत्रबाट समाधान भए भने बाँकी कानुनि प्रक्रियामा रहेका छन् ।” ईन्सेक तनहुँले सार्वजनिक गरेको तथ्याङ्कमा महिला तथा बालबालिकासंग सम्बन्धित घटनाहरु बढि हुने गरेको बताउनुभयो ।
गत बर्ष तनहुँमा १०५ वटा मानव अधिकार सम्बन्धी घटनाहरु दर्ता भएका थिए । तर यस बर्ष भने ७१ वटा मात्र घटना दर्ता भएकाले गत बर्षको तुलनामा यस बर्ष मानव अधिकारका घटनाहरु कम भएको भट्टराईले जानकारी दिनुभयो ।
Discussion about this post