• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home हेडलाईन

प्रहरी नै अल्मलिने ग्याङ्ग फाइटको अनुसन्धान

Lekhnath Khabar by Lekhnath Khabar
December 18, 2020
in हेडलाईन
0
0
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

अशोक विश्वकर्मा, भिमाद ।  ग्याङ्ग फाइटमा घाइते भएका भनिएका भिमादका उदय नेपाली घटना स्थलबाट नै एकाएक लापत्ता भएपछि घटना रहस्यमय बनेको छ । गत २२ गते म्याग्दे गाउँपालिकाका ५ मा रहेको खनाल बाजे रिसोर्टमा साथीहरुसँगै रक्सी खाएपछि सामान्य विवाद भएको थियो ।

होटलमा सामान्य झगडा भएर बाहिर निस्किएका उदयलाई छाङ्गपाटनका केकी युवा र स्थानीयले कुटपिट गरेका थिए । होटल बाहिर भएको झगडामा युवाहरु र स्थानीयको कुटाईबाट गम्भिर घाइते भएका नेपाली हालसम्म बेपत्ता छन् ।  उनले प्रयोग गर्दै आएका मोटर साइकल घटना स्थलमा नै फेला पर्नु र फोन समेत सोही दिन देखि प्रयोगमा नआएको पाइएपछि प्रहरी अनुसन्धान नै अलमलमा परेको छ ।

घटना घटेको लामो समयसम्म पनि बेपत्ता भएका नेपालीको अवस्था अज्ञात भएपछि प्रहरी सहित घर परिवार चिन्तित बनेको छ । सेती नदीको किनार नजिकै झगडा भएको हुदाँ प्रहरीले नदी वरपर खोजी तिव्र पारेको छ भने नेपालीको आफन्तहरुमा पनि जानकारी लिइसकेको प्रहरी निरिक्षक जगदिश रेग्मीले जानकारी दिनुभयो ।

नेपालीको घर परिवारले भने उदयलाई मारेर फालेको हुनसक्ने भन्दै छानविन फितलो पारेको दावि गर्दै आएका छन । उदयकी सानी आमा दिना गोतामेका अनुसार वेपत्ता युवालाई षडयन्त्र पुर्वक बेपत्ता पारिएको छ । “हामीले जताततै खोज्यौँ कतै पाएका छैनौँ” उहाँले भन्नुभयो “हाम्रो बाबु विना नै घटनाको मिलापत्र हुनुलाई कसरी बुझ्न सकिन्छ, त्यो प्रष्टै छ ।”

गोतामले घटना स्थलमा गम्भिर घाइते भएर हिड्न नसक्ने अवस्थामा पुगी सकेको जानकारी आफुले पाएको बताउनुभयो । एक प्रत्यक्षदर्शी स्थानीयले उदयलाई युवाहरुले बेल्चाले समेत प्रहार गरेका थिए । रक्ताम्य अवस्थामा सिमलको रुख नजिकै राखिएको उनको भनाई छ ।
घटना रहस्यमय बन्दै गएपछि प्रहरीले घटनामा संलग्न उदय नेपालीका साथीहरु सहित अन्य १६ जनालाई नियन्त्रणमा लिएको छ ।

घटना अनुसन्धानको भईरहेको इलाका प्रहरी कार्यालय भिमादका सहायक प्रहरी निरिक्षक सुरज सदाशंकरले जानकारी दिनुभयो । साथीहरुसँगको सामान्य विवाद पछि रिसोर्ट रहेको स्थान छाङपाटनका युवाहरुले समेत उदयलाई कुटपिट गरेका थिए ।

प्रहरीका अनुसार घटनामा संलग्न रहेका युवाहरुले उदयलाई रिसोर्टको झगडामा सामान्य कुटपिट भएपनि पछिल्लो घटनामा संलग्न नभएको दावि गर्दै आएका छन् ।

 

Tags: भिमाद ग्याङ्ग फाइट प्रकरण
Previous Post

मेसी र रोनाल्डोलाई पछि पार्दै रोबर्ट लेवान्डोस्की बने फिफा वर्ष खेलाडी

Next Post

तनहुँका ९९ जना मानिहरुको मानव अधिकार हनन्

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न थप कसरत आवश्यकः प्रदेश प्रमुख भट्ट
समाचार

प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न थप कसरत आवश्यकः प्रदेश प्रमुख भट्ट

संक्रामक अस्पतालका डाक्टरहरुको करार समाप्त, बिरामी भर्ना बन्द
समाचार

संक्रामक तथा सरुवा रोग अस्पतालले सेवा विस्तार गर्दै

दशैं टोल कपको बिजेता बन्यो टिम मेट्स
खेलकुद

दशैं टोल कपको बिजेता बन्यो टिम मेट्स

लेउवा संघको १४ औं महाधिवेशन: अध्यक्ष पदमा ६ जनाको दावेदारी प्रस्तुत
अर्थ खबर

लेउवा संघको १४ औं महाधिवेशन: अध्यक्ष पदमा ६ जनाको दावेदारी प्रस्तुत

बस र मोटरसाइकल ठोकिँदा एकको मृत्यु, एक घाइते
समाचार

बस र मोटरसाइकल ठोकिँदा एकको मृत्यु, एक घाइते

Next Post
तनहुँका ९९ जना मानिहरुको मानव अधिकार हनन्

तनहुँका ९९ जना मानिहरुको मानव अधिकार हनन्

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?