हरि खरेल/दुलेगौडा । तनहुँको शुक्लागण्डकी नगरपालिका वाड नं. १० का कृषकहरु गोलभेडा खेति तर्फ आकषिर्त बन्दै गएका छन् । केहि बर्ष पहिले सिमित क्षेत्रमा लगाईएको गोडभेडा गत बर्षबाट वृस्तित रुपमा सुरु भएको शुक्लागण्डकी नगरपालिकाका कृषि प्रविधिक भरत जैसीले जानकारी दिनुभयो ।
वडाको तिन वटा टोल( भगवति पौवा, पौवा झिरबास र चामश्वारा) को करिब २० रोपनि जमिनमा गोलभेडा खेति भएको छ । हाल उक्त क्षेत्रमा सिर्जना जातको गोलभेडा लगाईएको छ । गत बर्ष कृषि शाखाले उक्त क्षेत्रलाई ७५ प्रतिशत अनुदानमा टनेलहरु वितरण गरेको कृषि प्रविधिक जैसीले बताउनुभयो । उत्पादित गोलभेडा शुक्लागण्डकी नगरपालिकाका क्षेत्रमा नै खपत हुने हुदाँ बजार व्यवस्थापनमा खासै समस्या नभएको जानकारि दिनुभयो ।
गोलभेडा गर्ने किसानहरुले प्रति टनेल बराबर करिब २५ देखी ३० हजार सम्म मुनाफ गर्न सक्ने बताउनुभयो । गोलभेडाको बजार राम्रो रहेको साथै प्रशस्त रुपबाट गोलभेडा खेतिबाट आमदानि गर्न सकिने हुदाँ किसानहरु पनि गोभेडा खेतितर्फ उत्साहित भएको जैसीको भनाई छ ।
आफुहरुले लगाएको गोलभेडामा केहि प्रतिशत किराले नष्ट गरेता पनि लगाएको भन्दा दुई गुना नाफा गर्न सकिएको भगवति पौवाका धनबहादुर थापाले जानकारी दिनुभयो । गोलभेडा खेति गर्दा आवश्यक ज्ञान नहुदाँ अरुको तुलनाका कम उत्पादन भएता पनि आफ्नो उत्पादन पनि सन्तोकजनक नै रहेको बताउनुभयो । आफ्नो क्षेत्रमा भएको गोलभेडा खेति निकै नै राम्रो भएको उहाँको भनाई छ ।
Discussion about this post