दमौली । नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा. मिनेन्द्र रिजालले नेकपा नेतृत्वको सरकार संविधान विपरित चल्न थालेको आरोप लगाउनुभएको छ । सोमबार देशभर एक साथ भएको सरकार विरुद्धको कार्यक्रम अन्तर्गत तनहुँको दमौलीमा आयोजना गरिएको विरोध सभामा बोल्दै रिजालले जनताले दिएको मतको सम्मान गर्न ओली नेतृत्वको सरकालाई आग्रह गर्नुभयो ।
उहाँले काँग्रेस पाँच बर्ष प्रतिपक्षमा बस्न तयार रहेको भन्दै उहाँले विपक्षी दलका शिर्ष नेतालाई आक्रमण गरेर अराजकता निम्त्याएको बताउनुभयो । “बर्तमान ओली सरकार कान खोलेर सुन, विधि मान्ने हो भने जनताले विधि मान्छ, विधि नमान्ने हो भने झोली बोकेर तिमिलाई बालुवाटारबाट निकालेर जनताले देखाउँछ ।” उहाँले भन्नु भयो ।
मंसिर १८ गते पुल उद्घाटनका क्रममा गृह जिल्लामा काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल माथि धरकपड गरेको भन्दै आक्रोशित मुद्रामा जनताको मत रामचन्द्र पौडेलाई आक्रमण गर्न नदिएको स्पष्ट पार्नुभयो ।
प्रमुख बक्ताको रुपमा तनहुँ आउनुभएका रिजालले देशको सर्वाेच्च पदमा रहेर पनि राष्ट्रपति विद्यादेवि भण्डारीले राजनिति गरेको भन्दै असन्तुष्टी ब्यक्त गर्नुभयो ।
काँग्रेसका नेता कार्यकर्ताहरुको ब्यापक उपस्थितमा सरकार विरुद्धमा भएको भएको प्रदर्शनमा बोल्दै केन्द्रिय सदस्य गोविन्द भट्टराईले काँग्रेस पार्टी अव जनताको मत जित्ने गरि परिमार्जन हुने दावि गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस केन्द्रिय सदस्यसमेत रहनुभएका संविधान सभखभ सदस्य रामचन्द्र पोखरेल, गण्डकी प्रदेश सभा सदस्यहरु दोवाटे विक, सरिता गुरुङ्ग, ब्यास नगरपालिकाका सभापति बैकुण्ठ न्यौपाने, नेपाल विद्यार्थी संघ तनहुँका अध्यक्ष चुडामणी खनालले लगायतले सरकारको चर्काे विरोध गरेका थिए । उनीहरुले ओली नेतृत्वको सरकारले भ्रष्टचार र बलात्कार जस्तो घटनाका दोषीलाई पक्राउ नगरि प्रसय दिइरहेको आरोप समेत लगाएका थिए ।
Discussion about this post