दुलेगौडा । तनहुँको शुक्लागण्डकी नगरपालिकाभित्र रहेका नाई व्यवसायहरु महिनाको अन्तिम सोमबार बन्द हुने भएको छ ।
जिल्लाभित्रका अन्य स्थानिय तहहरुमा महिनाको अन्तिम सोमबार बन्द गर्ने गरिएको पाईन्छ । तर शुक्लागण्डकी नगरपालिका भित्र भने यो नियम लागु नभएकाले बन्द गर्ने निर्णय गरिएको शुक्लागण्डकी नाई संघ ईकाईका उपाध्यक्ष राम संकल ठाकुरले जानकारी दिनुभयो । “जिल्लामा लागु भयो” उँहाले भन्नुभयो, “अब ईकाईमा पनि लागु हुने छ ।” यदि नियमको उलङ्घन गरेको थाह पाईएका आवश्यक जरिवाना र ३ दिनसम्म पसल बन्द गर्ने उपाध्यक्ष ठाकुरले बताउनुभयो ।
हाल शुक्लागण्डकी नगरपालिका भित्र २६ बटा नाई व्यवसाय रहेका छन् ।
Discussion about this post