दुलेगौडा । तनहुँमा सोमबार थप छ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पुष्टि हुनेमा शुक्लागण्डकीमा २, भिमादमा २, म्याग्देमा १ र व्यासमा १ गरि ६ जना कोरोना संक्रमित बिरामी थप भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा.बिनोदबिन्दु शर्माले जानकारी दिनुभयो ।
जिल्लाको शुक्लागण्डकी नगरपालिका वाड नं. ९ का ४० बर्षीय पुरुष र सोही नगरकै वाड नं. ६ को ७८ बर्षीय वृद्ध पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यसै गरि भिमाद नगरपालिका वाड नं. ४ का ६४ बर्षीय पुरुषमा कोरोना संक्रमण देखीएको छ । साथै सोही नगरकै वाड नं. ५ का ४० बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
जिल्लाको म्याग्दे गाउँपालिका वाड नं. ४ की ७३ बर्षीय वृद्धा माहिलामा कोरोना संक्रमण पुष्टि भएको छ । यसका साथै व्यास नगरपालिका वाड नं. ४ का २९ बर्षी पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्रोतमा उल्लेख भएको छ ।
Discussion about this post