दमौली । नेपाली कांग्रेसल आज सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शन गरिरहेको छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि दुर्व्यवहार, भ्रष्टाचार र कोरोना नियन्त्रणमा सरकारको लापरवाहीको विरोधमा कांग्रेसले सरकारविरुद्ध ७७ ओटै जिल्लामा प्रदर्शन गरेको छ । सोही अनुसार तनहुँको सदरमुकाम दमैलीमा पनि बिरोध प्रदशन भईरहेको छ ।
नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति तनहुँले जिल्ला भित्रका १० वटा स्थिानिय तहका संगठन र भ्रातृ संगठनहरुको बाक्लो उपस्थितिमा बिरोध प्रदशन गरि रहेको छ । विरोध सभामा नेपालि काङ्ग्रेसका केन्द्रिय सदस्य डा.मिनेन्द्र रिजाल लगायतका काङ्ग्रेसका सदस्यहरु र भ्रातृ संगठनहरुका युवाहरुक सहभागि रहेका छन् ।
विरोध कार्यक्रममा “ प्रतिगमनकारी होसियार, सर्व सत्तवादी सरकार मुर्दावाद, भ्रष्टचारी सरकार मुर्दावाद, संघिय लोककान्त्रिक गणतन्त्र जिन्दावाद” लगायतका नाराहरु प्रयोग गरेका छन् । निषेधाज्ञा तोड्दै बुल्दी पुल उद्घाटनका लागि जाने क्रममा रामचन्द्र पौडेलको गिरफ्तारीको घटना देशैभर पार्टीलाई आन्दोलनमा उतार्नेे काम गरेको थियोे । घटनाको भोलिपल्टबाट शुरु भएको कांग्रेस आन्दोलनको शिलशिलाले सरकारविरुद्धको औपचारिक आन्दोलनकै रुप ग्रहण ग¥यो ।
Discussion about this post