हरि खरेल/दुलेगौडा । तनहुँको विभिन्न स्थानिय तहमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १७ पुगेको छ । हालसम्मको नतिजा अनुसार जिल्लाभित्रका स्थिानिय तहभित्र मृत्यु हुनेमा ६ महिला र ११ पुरुष गरि १७ जना रहेकोे जिल्ला जिल्ला स्वास्थ्य कार्यलय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिनुभयो ।
मृत्यु हुनेमा शुक्लागण्डकी नगरपालिकाका २ पुरुष रहेका छन् । त्यस्तै व्यास नगरपालिकामा ४ महिला र २ पुरुष गरि ६ जनामा कोरोना संक्रमणका कारण मृत्यु भएकोे जिल्ला स्वास्थ्य कार्यलय तनहुँले जनाएको छ । यसंै गरि भिमाद नगरपालिकामा ५ जना पुरुष कोरोना संक्रमणबाट मृत्यु भएको स्रोतमा उल्लेख छ ।
यसै गरि जिल्लाको म्याग्दे गाउँपालिकामा १ पुरुष र १ महिला गरी २ जनाको मृत्यु भएको छ । साथै आबुँखैरेनि गाउँपालिकामा १ महिला र १ पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य कार्यलय तनहुँका प्रमुख अधिकारीले जानकारी दिनुभएको छ । अधिकारीका अनुसार जिल्ला भित्रका १ हजार २ सय ७२ जना कोरोना संक्रमीत बिरामी मध्य १७ जनाले ज्यान गुमाएको बताउनुभयो ।
तनहुँमा हालसम्म ११ हजार ९ सय १३ जनाको कोरोना परिक्षण नमुना संकलन भएको छ । उक्त परिक्षणमा १० हजार ६ सय १४ जनाको कोरोना नेगेटिभ र १ हजार २ सय ७२ जनामा कोरोना पोजेटिभ देखिएको छ । ति मध्यमा ८ सय ८२ जना निको भएर घर फर्किएका छन् भने ३ सय ७३ जना सक्रिय कोरोना संक्रमित बिरामी रहेको जिल्ला स्वास्थ्य कार्यलय तनहुँले जनाएको छ ।
Discussion about this post