हरि खरेल/दमौली । तनहुँको व्यास नगरपालिका वडा नं. १४ मा निमाणधिन अवस्थामा रहेको दमौली केशबटार मार्ग अन्र्तगतको शान्ति मार्गको काम अन्तिम चरणमा पुगेको छ । केशबटार बजार क्षेत्रमा धुलो र प्रदुषण बढि रहनुका साथै विद्यालय क्षेत्र पनि रहेको हुदाँ उक्त क्षेत्रमा कालोपत्रेको काम गरिएको वडाध्यक्ष काजिमान श्रेष्ठले जानकारी दिनुभयो ।
गत बर्ष नगरपालिकाले उक्त मोटर मार्गको लागि १ करोड रुपौया बेजेट बिनियोजन गरिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । नगरको योजना अन्र्तगत सुरु भएको योजना कोरोना महामारीका कारण स्थिगित भएको थियो । पछि लकडाउनकै बिचमा भदौदेखि सुरु गरि मंसिर मसान्तरभित्र काम सम्पन्न गर्ने सम्झैता अनुरुप काम भएको श्रेष्ठले बताउनुभयो । निर्माणको अन्तिम चरणमा रहेको मार्ग करिब ६ सय ६२ मिटर सम्मको रहेको छ ।
उक्त मार्गको काम हरिशान्ति कन्ट्रक्सन दमैलीले लिएको छ । हाल सम्म मार्गको काम करिब ९० प्रतिशत सम्पन्न भईसकेको छ । “अहिले ग्राबेलको काम सम्पन्न भई पिचको काम सुरु हुदै छ ।” उहाँले भन्नुभयो,“अबको ६ दिनभित्र कालोपत्रेको काम सम्पन्न हुने छ ।”
Discussion about this post