• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

भ्रष्टचारको प्रमुख अखडा बन्दै स्थानीय तह

Lekhnath Khabar by Lekhnath Khabar
December 4, 2020
in समाचार, हेडलाईन
0
0
SHARES
92
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा चालू आर्थिक वर्षको प्रथम त्रैमासिकको अवधिमै भ्रष्टाचारसम्बन्धी उजुरीका चाङ लागेका छन् । गैरकानुनीरुपमा सम्पत्ति आर्जन, सरकारी रकम हिनामिना, घुस रिसवतलगायत परेका उजुरीमा सबैभन्दा बढी स्थानीय तहका छन् ।

स्थानीय तहमा सुशासनको अवस्था कमजोर बन्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा चालू आर्थिक वर्षको प्रथम त्रैमासिकमै उजुरीहरुको चाङ लागेको छ । आयोगकाअनुसार साउनदेखि असोजको अवधिमै ४५ सय २४ ओटा उजुरी परेका छन् भने अघिल्लो आर्थिक वर्षबाट सरी आएका आठ हजार २०० ले १२ हजार ७२४ उजुरीहरु परेको देखाएको छ । जसअनुसार सबैभन्दा बढी ४३ सय बढी उजुरी स्थानीय तहका छन् ।

स्थानीय तहमा भ्रष्टाचार मौलाउँदै गएपछि आयोगले गत वर्ष नै स्थानीय तहलाई ६१ बुँदे सुझावसमेत दिएको थियो । तर पनि उजुरीको संख्या नघटेपछि आयोगले उजुरीउपर छानबिन, अनुसन्धान गरी विशेष अदालतमा मुद्दा दर्ता गर्ने गरेको आयोगका प्रवक्ता तारानाथ अधिकारीले बताउनुभयो ।

आयोगले प्रथम त्रैमासिकमा २९ सय २५ उजुरीको फर्छ्योट गर्दा नौ हजार ७९९ उजुरीको फर्छ्योट गर्न बाँकी छ । कोरोना माहमारीका कारण असामान्य परिस्थिति, बन्दाबन्दी र निषेधाज्ञाले काम–कारबाही प्रभावित बनेको तर पनि कतिपय उजुरीको प्रकृति हेरी छानबिन गर्दा फर्छ्योट गर्न समय लाग्ने गरेको आयोगको भनाइ छ ।

आयोगमा स्थानीय तहमा हुने अनियमितता, सेवा प्रवाहमा कार्यालय पदाधिकारीको लापरबाही, प्राकृतिक स्रोतको अत्यधिक दोहनविरुद्ध आमसर्वसाधारणले नै उजुरी गरेका छन् । आयोगले तीनै तहका सरकारको प्रदेशगत उजुरीको विश्लेषण गर्दै स्थानीय तहपछि क्रमशः संघीय र प्रदेश सरकारका निकायविरुद्ध उजुरी रहेको जनाएको छ ।

मौलाइरहेको भ्रष्टाचार नियन्त्रण गर्न अनुगमन चुस्त बनाइ राज्यको संयन्त्र परिचालन गर्न आवश्यक रहेको संघीय मामिलाका जानकार खिमलाल देवकोटा बताउनुहुन्छ । स्थानीय तहमा मौलाएको भ्रष्टाचार बेलैमा नियन्त्रण नगर्ने हो भने यसले संघीयताप्रतिको विश्वास नै कमजोर बनाउने देखिन्छ । त्यसैले भ्रष्टाचारमा शूल्य सहनशीलताको नारा व्यावहारिकरुपमै कठोररुपमा पालना गर्नु आवश्यक देखिन्छ ।

Tags: अनियमितता
Previous Post

गायक प्रकाश सपुतको ‘फुटेका चुरा’ले बजारमा तहल्का मच्चाउँदै (भिडियो)

Next Post

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या १५ लाख नाघ्यो

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या १५ लाख नाघ्यो

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या १५ लाख नाघ्यो

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?