दमौली । नेपाली कांंग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बुल्दी खोला पुलको सफल उद्घाटन गर्नुभएको छ । बुधबार उद्घाटनको क्रममा विरोध भएपछि पुलको उदघाटन हुन सकेको थिएन । जसपश्चात बिहीबार एक कार्यक्रम बिच पुलको सफल उद्घाटन गरेका हुन ।
पौडेल बिहीबार कांग्रेसका हजारौं कार्यकर्तासहित पुल उद्घाटन गर्न पुगेका थिए । बुधबार जिल्ला प्रशासन कार्यालयले पुल क्षेत्रमा निषेधाज्ञा जारी गरी पौडेललाई पुल उद्घाटन गर्न नजान आग्रह गरेको थियो । तर पौडेल पुल उद्घाटन गर्न जाँदा नियन्त्रणमा लिई ३ घण्टापछि छाडेको थियो ।
बिहीबार कांग्रेसका कार्यकर्ताले बुधबार प्रहरीले गरेको व्यवहारको विरोधमा नाराबाजीसमेत गरेका थिए । प्रमुख जिल्ला अधिकारीलाई जिल्ला छोड्न भन्दै नारा लगाएका थिए ।








Discussion about this post