हरि खरेल/दुलेगौडा । तनहुँको शुक्लागण्डकी नगरपालिका भित्र रहेका विद्यालयहरुमा विद्यार्थीहरु जान थालेका छन् । लामो समयको लकडाउनका कारण विद्यालयहरु बन्द रहेका थिए । सरकारले “विद्यालय पुनः सञ्चालनसम्बन्धी कार्यविधि–२०७७ ” जारी गरे पश्चात कक्षाहरु सञ्चालनमा आउन थालेको शुक्लागण्डकी नगर शिक्षा शाखा प्रमुख नवराज चापागाईंले जानकारी दिनुभयो ।
यस अघि कोरोना महामारीको संक्रमण कम भएका विद्यालयहरुमा कक्षा सञ्चालन भएका तर पृथ्वी राजमार्ग क्षेत्रका विद्यालयहरुमा भने रोक लगाईएको थियोे । सरकारले विद्यालय सञ्चालन कार्यविधि जारी गरेसंगै विद्यालय र अभिभावकहरुको अनुरोध अनुसार कक्षाहरु संञ्चालन गर्न दिईएको चापागाईले बताउनुभयो ।
सिकाई केन्द्र बनाएर कक्षा सञ्चालन गरेता पनि प्रभावकारी रुपमा सञ्चालन नभएको बताउनुभयो । अनलाईन प्रणलीबाट कक्षा सञ्चालनमा आएता पनि नेटवर्कको पहुँच र समस्याका कारण सिकाई सहज नभएको बताउनुभयो । हाल विभिन्न विद्यालयहरुले भौतिक रुपबाटै कक्षा सञ्चालन भएको र केही विद्यालयहरुले भने भौतिक कक्षा सञ्चालन गर्ने तयारी गरीरहेको जानकारी दिनुभयो ।
प्रत्येक दिन निर्मलिकरण गरेर तथा स्वास्थ मापदण्डका उपायहरु अपनाई नियमित कक्षा सञ्चालन हुने पञ्चमुनिदेब माविले जनाएको छ । नेपाली माध्ययममा विद्यार्थीहरुको अवस्था कमजोर रहेको हुदाँ भौतिक उपस्थितिमा कक्षा ४ देखी १० कक्षा सम्मका विद्यार्थीहरुलाई समावेश गरी कक्षा सञ्चालन गरिएको विद्यालयका सुचना अधिकारी लक्ष्मण पुरीले जानकारी दिनुभयो । विद्यालयमा २४ सय भन्दा बढी विद्यार्थीहरु रहेको हुदा एकै पटकमा सबैलाई उपस्थित नगराएको बताउनुभयो । पछि अवस्था सामान्य रहे अरु विद्यार्थीहरुलाई पनि सहभागि गराउन थालेको उँहाले बताउनुभयो ।
Discussion about this post