स्याङ्जा । स्याङ्जाका प्रहरीले हरेक दिन श्रीमतीलाई “आइ लभ यू, बुढी गुड नाइट” भन्नैपर्ने अभियान सुरु भएको छ । स्याङ्जामा कार्यरत प्रहरीहरुको घर परिवारसँग मायालाई अझ गाढा बनाउन यस अभियानको थालनि गरिएको प्रहरी प्रमुख होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।
एसपी बोगटीले ल्याएको नौलो अभियानमा प्रत्येक दिन सुत्ने बेलामा घर परिवारसँग कम्तीमा एक मिनेट फोनमा बोल्नै पर्ने र बोल्ने क्रममा “आइ लभ यू बुढी वा छोराछोरी” भन्नै पर्ने छ । परिवारसँग हुनेले पनि साँझमा एकपटक यस्तो भन्नै पर्ने अभियान चलाइएको उहाले बताउनुभयो । । यसो गर्नाले कम्तीमा दिनभरको थकाइमा केही राहत हुने र घर परिवारसँगको सम्बन्ध पनि गाढा बन्दै जाने एसपी बोगटीको विश्वास छ ।
प्रहरी कर्मचारीले श्रीमतीलाई “आइ लभ यू” भन्छन वा भन्दैनन भनी जाँचबुझ गर्न प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीलाई फोकल पर्सन नै तोकिएको छ । उहाले हरेक प्रहरीका श्रीमती र छोराछोरीको नम्बर राखेका छन्। उँहाले दिनहुँ “फलोअप” गरिरहेका हुन्छन्। भने–नभनेको, कार्यालयबाट बिदा लिएर घर पुगे नपुगेको, घरमा पुगेपछि कस्तो वातावरण भयो लगायत अनेकथरी गतिविधिबारे अधिकारीले घरमा सोध्छन्।
‘एक त यो चाहिँ मेरो ड्युटी नै हो भन्ने पनि परेको छ, अर्को परिवारमा नयाँ खालको उत्साह पनि आएको छ,’ बोगटी भन्छन्। सुरू सुरूमा श्रीमानले “आइ लभ यू” भन्दा श्रीमतीहरूले जिस्क्याएको जस्तो ठानेछन्। पछिपछि चाहिँ श्रीमानले माया गर्न थाल्यो भनेर खुसी हुन थालेको बोगटीले बताउनु भएको छ
कार्यालयमा फ्री वाइफाइ राखेको हुनाले प्रहरी कर्मचारीहरूले घरमा सधैं मेसेन्जर, भाइबर, इमो, ह्वाट्स एप लगायतबाट सम्पर्क गरिरहेका हुने बताउनुभयो ।
Discussion about this post