काठमाण्डौ । एनएमबी बैंक लिमिटेडले “बैंक अफ दि इयर २०२०” को उपाधि पाएको छ ।
बेलायतको फाइनान्सियल टाइम्सले सन् २०२० का लागि “‘बैंक अफ दि एयर २०२० नेपाल” बाट एनएमबी बैंकलाई सम्मान गरेको हो । पछिल्लो चार वर्षमा बैंकले यो उपाधि पाएको यो तेस्रो पटक हो । बैंकको कुल पूँजीको आकार तथा यसको सन्तुलित सञ्जाल विस्तारका कारण सहरी, अर्ध सहरी र ग्रामीण क्षेत्रलाई समेटेर उल्लेखनीय प्रगति गरेको जनाइएको छ ।
एनएमबी बैंकले नवीकरणीय ऊर्जा, कृषि, साना तथा मझौला कर्जा विस्तार तथा विद्युतीय कारोबारलाई समेत प्रश्रय दिएको छ । निष्ठामा आधारित दिगो मूल्य एवं दीर्घकालीन सोचका साथ आफ्ना कामलाई बढावा दिने बैंकको अभियानले अन्तर्राष्ट्रियरुपमा समेत आफूलाई सशक्तरुपमा उभ्याएको बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
कोभिड– १९ को विषम अवस्थामा पनि बैंकले गरेको प्रयास एवं डिजिटल माध्यमबाट भएका निर्वाध सेवाले आमरुपमा सहयोग पुर्याएको र सफलतामा योगदान गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
Discussion about this post