• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home हेडलाईन

नेकपा सचिवालय बैठक आज, ओली प्रचण्डलाई जवाफ फर्काउदै

Lekhnath Khabar by Lekhnath Khabar
November 28, 2020
in हेडलाईन
0
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा प्रधानमन्त्री एवं पार्टीका प्रथम अध्यक्ष केपी शर्मा ओलीले पनि राजनीतिक प्रस्ताव पेस गर्दैछन् ।

पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको प्रस्तावलाई ‘अभियोग पत्र’ भएको बताउँदै आएका ओलीले आफूविरूद्धका आरोपको प्रतिवाद गर्दै आएका छन् । ओलीले प्रचण्डका राजनीतिक र व्यक्तिगत दुवै प्रश्नको उत्तर समेटेर प्रस्ताव तयार गरेका छन् ।

आजको बैठकमा ओलीको प्रस्ताव पेस भएपछि प्रचण्ड(नेपाल समूहले त्यसैका आधारमा रणनीति तय गर्ने तयारी गरेको छ । सर्वप्रथम दुबै पक्ष अध्यक्षको प्रस्तावलाई साझा प्रस्ताव बनाएर अघि बढ्ने र नभए बहुमतका आधारमा निर्णय गरेर अघि बढ्ने तयारी प्रचण्ड(माधव समूहको छ ।

पार्टी र सरकार सञ्चालनमा भइरहेका असन्तुष्टिबाट सुरू भएको नेकपाको विवाद विभिन्न नियुक्ति र राजनीतिक चलखेलपछि फुट नजिक पुगेको छ । बहुमत सचिवालय सदस्यको दबाबपछि गत कात्तिक २८ गते शुक्रबार बसेको सचिवालय बैठकमा प्रचण्डले ओलीविरूद्धको राजनीतिक प्रस्ताव ल्याएपछि ओली रूष्ट छन् ।

उक्त प्रस्तावमा ओली असफल भएको भन्दै ओलीले पार्टी र सरकारको नेतृत्वमा त्याग देखाउन पर्ने उल्लेख गरिएपछि उनले मंसिर ३ मा बसेको बैठकमा आरोप पुष्टि नभए दाहालले पद त्याग गर्नु पर्नेसमेत चेतावनी दिएका थिए । सोही बैठकले ओलीलाई पनि राजनीतिक प्रस्ताव पेस गर्न १० दिनको समयावधी दिएको थियो भने स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकको मिति पनि तोकेको थियो ।

सचिवालय बैठकमा विवाद हल नभए जारी विवाद १८ मंसिरको स्थायी कमिटी तथा २५ मंसिरको केन्द्रीय कमीटी बैठकमा पुगेर छिनोफाने गर्न दुबै पक्ष अघि बढेका छन् । त्यसका लागि दुबै पक्षले विभिन्न प्रदेशहरूमा गुटगत भेला पनि गरेका छन् ।

Tags: खैलावैलाको राजनिति
Previous Post

स्थानिय पूर्वाधार विकास साझेदारी कार्यक्रममा साँसद सिग्देलका योजना र बजेट बाँडफाड

Next Post

शुक्लागण्डकी एफएमको अध्यक्षमा पूर्ण कुमार चयन

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न थप कसरत आवश्यकः प्रदेश प्रमुख भट्ट
समाचार

प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न थप कसरत आवश्यकः प्रदेश प्रमुख भट्ट

संक्रामक अस्पतालका डाक्टरहरुको करार समाप्त, बिरामी भर्ना बन्द
समाचार

संक्रामक तथा सरुवा रोग अस्पतालले सेवा विस्तार गर्दै

दशैं टोल कपको बिजेता बन्यो टिम मेट्स
खेलकुद

दशैं टोल कपको बिजेता बन्यो टिम मेट्स

लेउवा संघको १४ औं महाधिवेशन: अध्यक्ष पदमा ६ जनाको दावेदारी प्रस्तुत
अर्थ खबर

लेउवा संघको १४ औं महाधिवेशन: अध्यक्ष पदमा ६ जनाको दावेदारी प्रस्तुत

बस र मोटरसाइकल ठोकिँदा एकको मृत्यु, एक घाइते
समाचार

बस र मोटरसाइकल ठोकिँदा एकको मृत्यु, एक घाइते

Next Post
शुक्लागण्डकी एफएमको अध्यक्षमा पूर्ण कुमार चयन

शुक्लागण्डकी एफएमको अध्यक्षमा पूर्ण कुमार चयन

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?