दुलेगौडा । तनहुँको दुलेगौडाबाट प्रशारण हुदै आएको शुक्लागण्डकी एफएमको अध्यक्षमा पूर्णकुमार श्रेष्ठ चयन हुनुभएको छ । शनिबार सम्पन्न भएको एफएमको चौथौ साधारण सभा तथा तेस्रो अधिवेशनले आगामी दुई बर्षको लागि श्रेष्ठको नेतृत्वमा १३ सदस्यीय सञ्चालक समिती चयन गरेको हो ।
समितिको बरिष्ठ उपाध्यक्षमा ज्योतिकुमार श्रेष्ठ, उपाध्यक्षमा सरस्वती सिग्देल, सचिवमा ऋषेश्वर भुवाई, सह सहसचिवमा सुरेन्द्र पौडेल र कोषाध्यक्षमा शिव पौडेल चयन हुनुभएको छ । अधिवेशन मार्फत समितिका सदस्यमा सुजित हिराचन, बुद्धिबहादुर थापा, टिकाराम श्रेष्ठ, सुवासचन्द्र गिरी, हरिलाल रिमाल, राजेन्द्र पौडेल र दिनेश घिमिरे चयन हुनुभएको छ ।
अधिवेशनलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सभा सदस्य आशा कोइरालाले स्थानीय क्षेत्रका विकासका लागि जनतालाई सचेत बनाउने र जिम्मेवार ब्यक्तिहरुलाई कर्तब्य पालनाका लागि खबरदारी गर्न सञ्चार माध्यमहरु सक्रिय बन्नुपर्ने बताउनुभयो । राज्यको चौथो अंगका रुपमा सञ्चारमाध्यमहरु स्थापित भएको भन्दै सोही अनुरुप शसक्त रुपमा लागि पर्न मिडिया र पत्रकारहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा शुक्लागण्डकी नगरपालिका वडा न दुईका वडाध्यक्ष जगतबहादुर गुरुङ्गले नगरको विकास के कसरी भएको छ स्थलगत रिपोर्टिङ्ग गरेर मिडियाले जनतालाई सुसुचित गर्नुपर्ने बताउनुभयो । वडाध्यक्ष ६ का वडासदस्य बुद्धिबहादुर थापाले एफएमले प्रभावकारि कार्यमा जोड दिनुपर्ने बताउनुभयो ।
समितिका अध्यक्ष नारायण कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष पुर्णकुमार श्रेष्ठले स्वागत, सचिव ज्योतिकुमार श्रेष्ठले सञ्चालन र प्रशारण समिति संयोजक ऋषेश्वर भुवाईले धन्यवाद ब्यक्त गर्नुभएको थियो ।
Discussion about this post