दुलेगौडा । तनहुँमा कोरोना संक्रमणका कारण एक व्यक्तिको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।
मृत्यु हुनेमा जिल्लाको म्याग्दे गाउपालिका वडा नं. ४ का ५१ वर्षीय पुरुष रहेका छन् । गण्डकी मेडिकल कलेज पोखरामा उपचारत अवस्थामा रहेका पुरुष शुक्रबार बिहान मृत्यु भएको हो ।
कार्तिक ३ गते कोरोना संक्रमण पुष्टि भएका उक्त पुरुषको निधन भएको स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा.बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो ।
Discussion about this post