• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

सामुदायिक वनले बन्धकीमा खेत किनेर विपन्न वर्गलाई सामुहिक खेतीमा जोड्दै

Lekhnath Khabar by Lekhnath Khabar
November 20, 2020
in समाचार
0
0
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

दुलेगौडा । तनहुँको म्याग्दे गाउँपालिका वडा नं.१ गुणादी स्थित बाराही सामुदायिक वन उपभोक्ता समुहले समुहमा आवद्ध सदस्यहरु मध्य ग र घ वर्गका विपन्न समुदायलाई सामुहिक खेतीमा जोड्न थालेको छ ।

व्यक्तिको जग्गा बन्धकीमा खरिद गरी १३ जना उपभोक्तालाई सामुहिक धान खेती गर्ने जिम्मा दिएको छ । २० रोपनी क्षेत्रफलको खेत र ४ लाख रुपैयाँमा बन्धकी गरी समुहका गरिव वर्गका उपभोक्ताहरुलाई सामुहिक खेतीमा जोड् दिएको समुहका अध्यक्ष मुक्तिनाथ खनालले जानकारी दिनुभयो । तीन वर्ष अगाडिदेखि नै व्यक्तिको जग्गा बन्धकीमा खरिद गरी समुहको नियम र कार्ययोजना अनुसार उपभोक्तालाई सामुहिक खेती गर्न प्रोत्साहन दिने गरेको बताउनुभयो । वन समुहमा आवद्ध विपन्न समुदायलाई सामुहिक खेतीमा अवद्ध गराउन निवेदन आव्हान गर्ने र सोही अनुसार १२ जनाको एक समुहलाई एक वर्षसम्म उक्त खेतमा सामुहिक खेती गर्न दिने गरिएको अध्यक्ष खनालले बताउनुभयो ।

‘समुदायिक वनमा आश्रीत सबै उपभोक्ताले लाभ लिन पाउनुपर्छ र विपन्न वर्गको उत्थानका लागि पनि समुहले काम गर्नुपर्छ’, अध्यक्ष खनालले भने, ‘वन समुहले गरेको आम्दानीबाट ४ लाख रुपैयाँको लागतमा करिब २० रोपनी क्षेत्रफलको खेत ५ वर्षका लागि बन्धकी गरी खरिद गरेका छौं । यो खेतमा वर्षमा तीन खेती गर्ने गरी वाषिर्क रुपमा लक्षित वर्गका कृषकहरु पहिचान पश्चात सामुहिक खेती प्रणाली अगाडि बढाउँदै आएका छौं ।’ उँहाले भन्नुभयो ।

गत वर्ष ८४ मुरी ६ पाथी धान र करिब ६० हजार रुपैयाँ भन्दा बढिको पराल बिक्री विरतण गरेको अध्यक्ष खनालले जानकारी दिनुभयो । खनालका अनुसार यस वर्ष धानखेती राम्रो भएको हुँदा उत्पादन वृद्धि हुने र कृषक उपभोक्ताहरुले राम्रो प्रतिफल पाउने आशा राख्नुभएको छ । कृषकहरुले यस खेतमा चैते धान, वर्खेधान तथा हिउँदको समयमा गहुँ, मुसुरो, केराउ, आलु जस्ता खेती गर्नुपर्ने नियम समुहको छ । यो खेतमा खेती गर्नका लागि विपन्न समुदायले ५० रुपैयाँमा निवेदन दर्ता गर्नुपर्ने र धरौटी बापत एक हजार रुपैयाँ जम्म गर्नुपर्ने व्यवस्था छ ।

१३ जनाको समुहले उत्पादन गरेको धान विहीबार डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले धान काटेर यस वर्षको बर्खेधान खेती थन्काउने कार्यको शुभारम्भ गरेका थिए । सामुदायिक वनले सञ्चालन गरेको यो अभियान गरिवी न्यूनिकरणको एक उदाहरणीय र पवित्र कार्य भएको काफ्लेले बताउनुभयो ।

 

Previous Post

दमौली अस्पतालमा औषधीको अभाव भएपछि विरामीहरु निजी क्लिनिकमा धाउन पर्ने बाध्यता

Next Post

तनहुँमा कोरोना संक्रमित एक पुरुषको निधन

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

२१औं लेखनाथ महोत्सवको तयारी पूरा
अर्थ खबर

२१औं लेखनाथ महोत्सवको तयारी पूरा

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

Next Post
तनहुँमा कोरोना संक्रमित एक पुरुषको निधन

तनहुँमा कोरोना संक्रमित एक पुरुषको निधन

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?