दमौली । तनहुँ दमौली अस्पतालमा औषधिको अभाव हुँदा बिरामी विरामीहरु निजी क्लिनिकमा धाउनुपर्ने अवस्था सिर्जना भएको छ । अस्पतालको प्रशासनको लापरवाहीले गर्दा बिरामीले औषधी नपाएका हुन् ।
औषधीको अभाव रहेसंगै धेरै विरामीहरु निजि क्लिनिकमा उपचार गराउनुपर्ने अवस्था सिर्जना भएको हो । अस्पतालमा न्यून आर्थिक अवस्था भएका बिरामी समस्या साथै स्वास्थ्य विमा गर्नेहरु विरामीहरुले औषधी नपाएपछि आक्रोशित बनेका छन् ।
चार महिना अघि देखि अस्पतालमा औषधी नपाएको व्यास नगरपलिका–३ पराशरटोल निवासी मधुमाया रानाभाटले जानकारी दिईन् । उँहाकोे स्वास्थ्य विमा रहेता पनि उपचारको लागि अवश्यका औषधि लिन क्लिनिक जानुपर्ने बताउनुभयो । ‘पहिला पहिला औषधी पाईन्थ्यो पेसर, सुगरको औषधी नपाउँदा बाहिर किन्नु परेको छ ।’ उहाले भन्नुभयो । जिल्लाको भिमाद स्थित अस्पतालमा औषधी पाईएता पनि विरामी प्रति संवेदनशिल नभएकोे रानाभाटल बताउनुभयो ।
अस्पतालको फार्मेसीमा बस्ने अहेब अनिता थापाले ६ महिना भन्दा पनि अघि देखि नै औषधी पर्याप्त नभएको बताउनुभयो । ‘अन्य औषधीको त कुरै छोडौं जीवनजल र सिटामोलको औषधी पयाप्त छैन ।’ अहेब अनिताले भनिन् । औषधी छैन भनेर धेरै पटक फिर्ता गर्नु पर्ने भएकोले बिरामी आक्रोशित हुने गरेको उँहाले बताउनुभयो । बिषेश गरेर अस्पतालमा सुगर, प्रेसर जस्ता नियमित औषधी खाने विरामी धेरै मर्का परेको अहेब थापाले जानकारी दिनुभयो ।
अस्पतालले सिधै औषधी किन्न नसक्ने र टेण्डर प्रक्रिया लम्बिदा औषधीको उपल्बध गराउन ढिलाई भएका अस्पतालको प्रशासन अधिकृत गुरुदक्त घिमिरे जानकारी दिनुभयो । ‘अब हामी डेन्टरको प्रक्रियामा गएका छौं दुई साता पछि औषधी आउँछ ।’ घिमिरेले भन्नुभयो , “ अस्पतालले टेण्डर गरी एक करोड रुपैयाँ बराबरको औषधी खरीद गर्न लागेको छौ ।”
बिरामीले औषधी नपाएको गुनासो बमरम्बार आएपछि अस्पतालका प्रमुख डा. सुनिल पौड्याललाई समस्याबारे बताएको दमौली अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारील जानकारी दिनुभयो । ‘टेन्डर गरी चाँडै नै समस्या हल गर्न भनेको छु, समाधान नभएमा पत्रकार सम्मेलन गरेर जानकारी दिन्छु ।’ अधिकारीले भन्नुभयो ।
Discussion about this post