काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण कायमै रहेको अवस्थामा पनि जनस्वास्थ्यप्रति संवेदनशील हुँदै भौतिक दूरी कायम गर्दै कक्षा १२ का विद्यार्थीको अन्तिम परीक्षा भौतिक उपस्थितिमा नै लिइने भएको छ ।
विद्यार्थीलाई भौतिक उपस्थितिमा नै परीक्षा लिन कुनै समस्या नभएको र त्यसका लागि आवश्यक तयारी गरिएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा.चन्द्रमणि पौडेलले जानकारी दिनुभयो । बोर्डले गत वैशाख ८ गतेबाट सञ्चालन हुनुपर्ने तर स्थगित भएको परीक्षा यही मङ्सिर ९ गतेबाट सञ्चालन गर्दैछ । परीक्षा मङ्सिर १६ गते सकिने गरी कार्यतालिका सार्वजनिक गरिएको छ ।
सङ्क्रमण कायमै रहेको अवस्थामा विद्यार्थीलाई परीक्षामा सहभागी गराउँदा जोखिम झनै बढ्ने भएकाले उनीहरूका लागि अलग्गै परीक्षा लिने व्यवस्था गरिएको हो । सङ्क्रमित विद्यार्थीले निको भएपछि आफ्नै विद्यालयबाट परीक्षा दिन पाउने व्यवस्था बोर्डले मिलाएको छ । सबै विद्यार्थीको अन्तिम नतिजा प्रकाशन एकैपटक गरिने भएकाले सङ्क्रमित विद्यार्थीले १५ दिनपछि परीक्षा दिएको अवस्थामा पनि केही फरक नपर्ने जनाइएको छ ।
Discussion about this post