पोखरा । पोखरा महानगरपालिका ९ शान्ती बनको ओरालोमा सामान्य बिवादमा झगडा हुँदा २ व्यक्तहरु घाईते भएका छन् ।
घाईते हुनेमा पोखरा महानगरपालिका वडा नं.१२ चापापानी बस्ने वर्ष २९ बर्षीय दिपेन्द्र परियार र पोखरा महानगरपालिका वडा नं.८ रत्नचोक बस्ने वर्ष २४ बर्षीय आशिष लम्साल रहेको प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।
कुटपिट भएको खबर पाउनासाथ तत्काल प्रहरी घटनास्थिलमा पुगेको थियो । घाईते परियारलाई उपचारको लागि गण्डकी मेडिकल कलेजमा,पोखरामा र लम्साललाई मेट्रोसिटि अस्पताल, पोखरामा उपचार भईरहेको प्रहरीले जानकारी दिएको छ । हाल दुबै घाईतेको अवस्था सामान्य रहेको छ ।
प्रहरीले अहिले घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।
Discussion about this post