• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home राष्ट्रिय

बन्द लुम्बिनी खुल्यो, पर्यटकहरुको चहलपल बढ्न सुरु

Lekhnath Khabar by Lekhnath Khabar
November 19, 2020
in राष्ट्रिय, समाचार
0
0
SHARES
78
VIEWS
Share on FacebookShare on Twitter

लुम्बिनी ।। गौतम बुद्धको जन्मस्थिल लुम्बिनी खुलेसंगै पर्यटकहरुको चहलपहल बढ्न थालेको छ । आठ महिनादेखी बन्द रहेको लुम्बिनि सरकारले गत शुक्रबार पर्यटकीय स्थलहरु खुला गर्ने निर्णय गरेसँगै अन्तर्राष्ट्रिय पर्यटकीयस्थल लुम्बिनी पनि खुलेको हो ।

पर्यटकका लागि खुला गरिएसँगै लुम्बिनीमा आन्तरिक पर्यटकको चहलपहल शुरु भएको छ । अब पर्यटकहरु स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर परिसर, अशोक स्तम्भ, पुष्करिणी पोखरी, बगैँचा र विभिन्न देशका बिहारहरु घुम्न पाउनेछन् ।

लुम्बिनी खुला गरिएसँगै बुधबार साँझ लुम्बिनी होटेल संघको आयोजनामा होटेल व्यवसायीहरुले मायादेवी मन्दिर परिसरमा विश्व शान्तिको कामना गर्दै दीप प्रज्ज्वलन गरेका छन् ।

मायादेवी मन्दिरसँगै रहेको अशोक स्तम्भ परिसरमा स्थानीय होटेल व्यवसायी र अन्य इच्छुकले अब हरेक दिन ५ बजेदेखि ७ बजेसम्म दीप प्रज्ज्वलनलाई निरन्तरता दिने लुम्बिनी होटेल संघका महासचिव लिलामणि शर्मा पौडेलले बताए । ‘आठ महिनासम्म मायादेवी मन्दिर दर्शन र लुम्बिनी घुम्न नपाएको अवस्थामा खुला भएको दिन नै आन्तरिक पर्यटकको चहलपहल देखियो,’ पौडेलले भने, ‘पर्यटक आउने मुख्य सिजनमै लुम्बिनी नखुल्दा व्यवसायी चिन्तित थिए, अब आन्तरिक पर्यटकको आगमन बढ्ने अपेक्षा छ ।’

मायादेवी मन्दिर परिसरमा प्रवेश गर्नुअघि हरेक पर्यटकको तापक्रम मापन गरिने र अनिवार्य रुपमा मास्क लगाएको हुनुपर्ने लुम्बिनी विकास कोषका वरिष्ठ अधिकृत एवं प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले बताए । ‘अहिले मायादेवी मन्दिर परिसर, पवित्र उद्यान क्षेत्रका सबै ठाउँ र मन्दिर तथा बिहारहरु खुला गरिएको छ, अब छिट्टै मायादेवी मन्दिरभित्र पनि जान मिल्ने गरी खुला हुने छ,’ राईले भने, ‘हामीले लकडाउनको अवधिलाई सदुपयोग गर्दै लुम्बिनीलाई थप सौन्दर्यीकरण गरेका छौं ।’

महिलबारस्थित ५ नम्बर प्रवेशद्वारबाट मायादेवी मन्दिर पुग्ने पैदलमार्गमा रंगीन इँटा बिछ्याएर आकर्षक बनाइएको र मायादेवी मन्दिर परिसरमा घाँस, दुबो काटेर चिटिक्क बनाइएको राईले बताए ।

असोजदेखि मंसिरसम्मको तीन महिना लुम्बिनीमा आन्तरिक पर्यटक सबैभन्दा बढी आउने सिजन हो । यो अवधिमा एक महिनामा सरदर डेढ लाख पर्यटक आउने गरेको लुम्बिनी विकास कोषका सूचना शाखाका अधिकृत हरि राईले बताए । यो सिजनमा विगत वर्षमा प्रतिमहिना एक लाख बढी आन्तरिक पर्यटक लुम्बिनी घुम्न आउने गरेको तथ्यांक छ ।

विश्वव्यापी कोरोना महामारीका कारण बुद्ध जन्मस्थल लुम्बिनी बन्द थियो । आन्तरिक पर्यटक समेत नआएपछि लुम्बिनीका होटेल व्यवसायीसहित ११ वटा संघसंस्थाले मायादेवी मन्दिर खुल्ला गर्न माग गर्दै ज्ञापनपत्रमार्फत लुम्बिनी विकास कोषलाई आग्रह गरेका थिए ।

Previous Post

स्मार्ट लिङ्क ईन्टरनेटको सेवा विस्तार

Next Post

तनहुँमा थपिए ९ जना कोरोना संक्रमित

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
तनहुँमा थपिए एकैदिनमा २७ कोरोना संक्रमीत

तनहुँमा थपिए ९ जना कोरोना संक्रमित

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?