दुलेगौडा । तनहुँमा बिहिबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा.बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो ।
संक्रमित बिरामीहरु शुक्लागण्डकीमा ४, देवघाटमा १, भानुमा १, व्यासमा २ र स्थननिय तह नखुलेको १ गरी ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
शुक्लागण्डकी नगरपालिका वडा नं. ५ का ३६ बर्षीय पुरुष र २२ बर्षीय महिलामा कोरोना पुष्टि भएको छ । साथै सोही नगरपालिका वडा नं. ७ का ४५÷४५ बर्षीय २ पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।
यसै गरी देवघाट गाउँपालिका वडा नं. १ का १७ बर्षीय पुरुषमा संक्रमण देखिएको छ । यसका साथै भानु नगरपालिका वडा नं. ९ का ६२ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्रोतले जनाएको छ । जिल्लाको हाल स्थानिय तह र वडा नहुलेको ७७ बर्षीय बृद्ध व्यक्तिमा समेत कोरोना संक्रमण देखीएको छ ।
व्यास नगरपालिका वडा नं. २ का ३४ बर्षीय र वडा नं. ११ का ६५ बर्षीय २ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ ।
Discussion about this post