दुलेगौडा ।। तनहुँको शुक्लागण्डकी नगरपालिका ४ दुलेगौडामा अवस्थित स्मार्ट सलङ्कले सेवा विस्तार गरेको छ । विगत ७ बर्षदेखी सेवा दिदै आएको स्मार्ट लिङ्कले शुक्लागण्डकी मात्र सिमित नभई भिमादमा पनि सेवा विस्तार गरेको छ ।
कार्तिक २९ गते लक्ष्मी पुजाको अवसरमा भिमाद नगरपालिका–६ नगरपालिका चोक अगाडी कार्यालय स्थापना गरी सेवा विस्तार गरेको बिपिन वाग्लेले जानकारी दिनुभयो । अहिले स्मार्ट लिङ्क प्रा.लीको मातहतमा रहेर बजार व्यवस्थापन,बिक्रि र मर्मत काम डि.जि लिङ्कद्धारा गदै आएको वाग्लेले जानकारी दिनुभयो ।
कोरोना माहामारीका बिच आफ्नो सेवा विस्तार कार्यक्रममा सम्पुर्णलाई समावेश गर्न नसकेको उँहाले बताउनुभयो ।
Discussion about this post