• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home धर्म संस्कृति

आजदेखी मिथिलाञ्चलमा छठ पर्व सुरु

Lekhnath Khabar by Lekhnath Khabar
November 17, 2020
in धर्म संस्कृति, समाचार
0
0
SHARES
243
VIEWS
Share on FacebookShare on Twitter

महोत्तरी ।।  मिथिलाञ्चमा मङ्गलबारदेखि छठ पर्व विधिवत् रूपमा सुरु भएको छ । यस पर्व मनाउनेहरू आज माछा, मरुवा (माछा र कोदो) को परिकार नखाइ चोखो बस्ने चलन रहेको छ । यस पर्व मनाउने क्रममा भोलि (बुधबार) नहाय खाय विधि मनाइन्छ भने बिहीबार निराहर व्रत बसी साँझमा खरना मनाइन्छ । त्यस्तै शुक्रबार अस्ताउँदो सूर्यलाई अर्घ्य दिइ र शनिबार बिहान उदाँउदो सूर्यलाई अर्घ्य दिएर पारायण गरी छठ पर्वलाई समापन गरिनेछ ।

खासगरी प्रकृतिलाई पूजा गरिने भएकोले यस पर्वले धनी, गरिब जस्ता विभेद, कुरीति एवम विसङ्गतिलाई अन्त्य गर्नसमेत सहयोग गर्दै आएको गौशाला नगरपालिका १२ शिक्षिका लीला कुमारीले बताउनुभयो ।

छठपर्व वर्षमा दुई पटक मनाइए पनि कात्तिक महिनामा मनाइने छठपर्वको एक अलग्गै विशेषता छ, यो पर्व मिथिलाञ्चलको घरघरमा मनाइन्छ ।

पर्वको तयारीमा जुटेका व्रतालुहरू अहिले पूजा सामग्रीको बन्दोबस्त गर्नुको साथै जलाशयको घाट सजाउनमा व्यस्त रहेका छन् । हप्तौँ दिन अगाडिदेखि यहाँका इनार, पोखरी, तालतलैया, नदीलगायतका जलाशयको घाट सजाउन व्यस्त भएका हुन् । सद्भाव अनि भातृत्वको प्रतिक पनि हो छठ ।

छठपर्वको मुख्य पूजा हुने दिन (सन्ध्या अर्घ्य) का दिन जलाशयलाई दुलही झैँ सिङ्गारिने चलन छ ।

छठपर्वको कारण जातीय भेदभाव एवं छुवाछुत केही क्षणको लागि अन्त्य भएको महसुस हुने गरेको मानव अधिकारकर्मी एवं महोत्तरीका पत्रकार राकेश चौधरीको भनाइ छ ।

समाजमा उदाउँदो वा प्रतिष्ठित व्यक्तिलाई सबैले ढोग्छन्, सम्मान गर्छन् तर डुब्न लागेको घाम अर्थात् गरिब तथा बेसहारालाई कसैले हेर्दैनन् भन्ने मान्यतालाई अन्त्य गर्न यस पर्वले सन्देश दिन्छ ।

यो पर्व विधि पुर्‍याएर मनाएमा आफ्ना सम्पूर्ण कष्ट हटेर जाने जनविश्वास रहिआएको छ । छालासम्बन्धी रोग निदानका लागि र भाकल पूरा गर्न मानिसहरू नजिकैको पोखरी, जलाशय, कुण्डमा गइ यस दिन छठ पूजा गर्दछन् ।

षष्ठी तिथिका दिन मनाइने भएकोले यस पर्वको नाम अपभ्रंस हुँदै छठ भएको बताइन्छ । पहिले विशेषगरी तराई क्षेत्रमा मनाइने यो पर्व अहिले हिमाल,पहाडमा पनि मनाइन्छ ।

Previous Post

नेपालले र बङ्गलादेश बिरुद्ध दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दै, उपाधिको लागि जित्नैपर्ने दबाब

Next Post

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालनको कार्यढाँचा सार्वजनिक

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु
अर्थ खबर

लेउवा संघमा ३ महिने सिलाई कटाई तालिम शुरु

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग
समाचार

एप्लाई हब एजुकेसन नेटवर्क द्वारा शैक्षिक क्षेत्रमा सहयोग

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा
समाचार

लेखनाथ जेसिजले जुटायो कास्की–१ का उमेदवारलाई एउटै मञ्चमा

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट
समाचार

सुझाव सङ्कलन गर्दै कांग्रेस १ का उम्मेदवार रानाभाट

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान
समाचार

नेपाली कांग्रेस उम्मेदवार तिलक रानाभाटको घरदैलो अभियान

Next Post
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालनको कार्यढाँचा सार्वजनिक

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय सञ्चालनको कार्यढाँचा सार्वजनिक

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?