हरि खरेल/दुलेगौडा ।। तनहुँको शुक्लागण्डकी नगरपालिका २ कोत्रमा गस्ति गर्ने क्रममा शंकास्पद रुपमा हिडिरहे ३ जना व्यक्तिलाई लागूऔषध सहित ईलाका प्रहरी कार्यालय बेलचौंताराले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका वडा नं.५ बस्ने ३० वर्षिय मनोज क्षेत्री, गोरखा जिल्लाको आरुपोखरीथोक घर भई हाल शुक्लागण्डकी नगरपालिका वडा नं.२ हलेदी बस्ने ३० वर्षिय रवि गुरुङलाइ र व्यास नगरपालिका वडा नं.४ बस्ने २१ वर्षिय सन्तोष गुरुङ रहेको ईलाका प्रहरी कार्यालय बेलचौंताराका प्रहरी प्रमुख जगदिस रेग्मीले जानकारी दिनुभयो ।
सोमबार २८६ एम्पुल विभिन्न लागूऔषधसहित ३ जनालाइ रंगेहात पक्राउ गरेको हो । जस अन्र्तगत डाईजापाम–१०४ एम्पुल, नुफिन–८९ एम्पुल र फेनरागन–९३ एम्पुल रहेको छ । पक्राउ परेका सबैजना उपर लागूऔषध अन्तर्गत मुद्धा दर्ता गरिएको छ ।
साथै उक्त दिन भरुवा बन्दुक लिई हिडिरहेका व्यक्तिलाईे भिमाद नगरपालिका वडा नं.२ बन्दिछाप पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही स्थानका ६० बर्षीय टुक बहादुर थापा रहेको प्रहरीले जानकारी दिएका छ । पक्राउसंगै थापामाथि हातहतियार मुद्धा शिर्षकमा मुद्धा दर्ता गरीएको छ । हाल चारै जना माथि घटनाको बारेमा वृस्तित अनुसन्धान भईरहेको प्रहरी प्रमुख रेग्मीले जानकारी दिनुभयो ।
Discussion about this post