हरि खरेल/ खैरेनी ।। तनहुँको शुक्लागण्डकी नगरपालिका वडा न ६ को प्रमुख मार्ग तिनखोले देबि मोटर मार्गको अनुगमन कार्य भएको छ । गत बर्ष नगरले मोटर मार्गको लागि ४० लाख बजेट विनियोजन गरेको थियो । उक्त रकममा २३ लाख रकममा उपभोक्ता सतितिले लेवर कन्ट्याक मार्फत करिब ४०० मिटर नाला र ५० मिटरको ढलानको काम गरेको थियो । ढलानको काममा कोरोना महामारीका बिच सम्पन्न नभएकोमा हाल उक्त कार्यलाई निरन्तरता दिएको शुक्लागण्डकी नगरपालिका वडा नं.६ का वडाध्यक्ष कृष्ण बहादुर पौडेलले जानकारी दिनुभयो ।
४० लाख रकममा ढलान र नाल निर्माणको काम सम्पन्नसंगै १५ लाख रकम बाकी रहेको थियो । उक्त रकममा खैरेनिटार तिनखोलेदेवी मोटर मार्ग समितिले २ लाख बजेट थप गरी १७ लाख रकमले २७६ मिटर कालोपत्रेको काम सुरु गर्ने भएको वडाध्यक्ष पौडेलले बताउनुभयो । बेलबोटेको फेदिदेखि २७६ मिटर कालोपत्रे गर्ने कामको गुणस्तरता नापजाचँको लागि प्रविधिक सहितको टोलीले अनुगमन गरेको हो । अनुगमनमा सोमबार पौडेल लगायत उपभोक्ता समितिका अध्यक्ष हरिराज घिमिरे र सचिव नैयनदत्त अधिकारी, नगरका प्रविधिक जीवन पौडेल व्यक्तिहरुको उपस्थित रहेका थिए । सामान्यतय ग्राबेलको मोटाई ४ ईन्चसम्मको हुने छ भने उक्त बाटो वान वे को हुने पौडेलले जानकारी दिनुभयो ।
मोटर मार्ग निर्माण गर्ने पक्षबाट अनुगमन गरी निर्माण कार्य भए नभएको जानकारी दिन अनुरोध गरे पश्चात उक्त मार्गको अनुगमन कार्य गरेको हो । कालोपत्रे गरीने स्थानका धेरै ठाउँमा मिलेको र ग्राबेल नपुगेको ठाउँका थप गर्न लगाईएको पौडेलले जानकारी दिनुभयो । अबको केही दिनभित्र नै उक्त ठाउँका कालोपत्रेको काम सुरु हुने भएको छ ।
Discussion about this post