• Login
Lekhnath Khabar
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका
  • विचार/ब्लग
  • अन्य
    • प्रवास
    • रोचक
    • धर्म संस्कृति
    • शिक्षा
No Result
View All Result
Lekhnath Khabar
No Result
View All Result
Home समाचार

डिभिजन वन कार्यालय तनहुँले चितुवा गणनाका लागि क्यामरा जडान

Lekhnath Khabar by Lekhnath Khabar
November 9, 2020
in समाचार
0
0
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

तनहुँ खबर संबादाता
कार्तिक २४, दमैली
विगत केही समय यता तनहुँमा चितुवाको आतङ्कले स्थानियहरु त्रासित बनेका छन् । उक्त समूयालाई मध्यनजर गदै डिभिजन वन कार्यालय तनहुँले चितुवा प्रभावित क्षेत्रमा क्यामरा जडान कार्य सुरु गरेको छ ।

भानु नगरपालिकामा चितुवाले बारम्बार घरछेउमै आएर गोठमा बाँधिराखेको पशुहरुलाई आक्रमण गर्न थालेपछि स्थानीयवासी त्रसित भएपछि नगरपालिकाको विभिन्न सामुदायिक वनमा चितुवा गणनाका लागि क्यामरा जडान शुरु गरिएको हो ।

डिभिजन वन कार्यालय कास्कीका प्रमुख केदार बरालको नेतृत्वमा भानुका विभिन्न वडाका सामुदायिक वनमा चितुवा र चितुवाका आहारा प्रजातिको गणनाका लागि क्यामरा जडान शुरु गरिएको छ । भानु नगरपालिका(२ स्थित मजुवा ओख्ले सामुदायिक वन र भानु(४ स्थित खलातेडाँडा सामुदायिक वनमा दुइरदुइ क्यामरा जडान गरिएको बरालले जानकारी दिनुभयो ।

बरालका अनुसार भानुका वडा नं १, २, ३, ४, ५ र ६ का २२ सामुदायिक वनमा चितुवा र चितुवाका आहारा प्रजातिको गणनाका लागि क्यामरा जडान गरिनेछ । चितुवाको सबैभन्दा बढी प्रभाव रहेको भानुमा मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन गर्नका लागि चितुवा गणना गर्न लागिएको हो ।

चितुवा बढी र आहारा कम भएका कारण चितुवाले मानव बस्तीमा पसेर मानवमाथि आक्रमण गरेको हुन सक्ने निष्कर्ष सहित चितुवा गणनाका लागि काम शुरु गरेका छौ’, बरालले बताउनुभयो ।

पछिल्लो दुइ वर्षो अवधिमा भानु नगरपालिकाका भित्र मात्र सात बालबालिकाले चितुवाको आक्रमणबाट ज्यान गुमाएका छन् । चितुवाले खाने आहारा जङ्गलमा घटेकाले चितुवा र आहारा प्रजातिको गणनाले चितुवाको आहारा व्यवस्थापन गर्न सहज हुने बरालले बताए ।

बरालका अनुसार २२ सामुदायिक वनको चार हजार दुइ सय हेक्टर क्षेत्रफलमा चितुवा र चितुवाको आहारा प्रजातिको गणना गरिनेछ । त्यसका लागि ती सामुदायिक वनमा ३६ वटा विन्दु पहिचान गरिएको छ । ‘चितुवा हिँड्न सक्ने ठाउँ पहिचान गरी ती विन्दुमा ६५ क्यामरा जडान गरिनेछ, पाँच दिनमा सबै ठाउँमा क्यामरा जडान गरिसक्छौ’, बरालले बताउनुभयो । वनका रखिएका क्यामराको अगाडी आउने सबै चिजको तस्विर क्यामरामा कैद हुनेछ ।

क्यामरा निकै महङ्गो पर्ने भएकाले यसको सुरक्षा सम्बन्धित सामुदायिक वनले गर्नुपर्ने र त्यसका लागि सबै सहमत भएका छन् । वन्यजन्तुको वासस्थान, खानपिन, विचरण लगायतका क्षेत्र मानिसले खलबलाउने कार्य बढ्दै गएकाले पछिल्लो समय तनहुँमा मानव र वन्यजन्तु बीच द्वन्द्व बढेको छ । द्वन्द्वका कारण ठूलो मात्रमा जनधनको क्षति समेत भएको छ

Previous Post

हितेन्द्रदेव शाक्य नेपाल विद्युत् प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा नियुक्त

Next Post

जैविक खेतीः कृषिमा नयाँ क्रान्ति

Lekhnath Khabar

Lekhnath Khabar

Related Posts

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र
समाचार

प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको माग गर्दै मुख्यमन्त्रीलाई लेउवासंघको ज्ञापनपत्र

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने
समाचार

लेखनाथ जेसीजको २८ औं अध्यक्षमा न्यौपाने

जागरुक नागरिक समाजको कपडा बैक
समाचार

जागरुक नागरिक समाजको कपडा बैक

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता
खेलकुद

प्रथम रिठेपानी जुनियर तेक्वान्दो प्रतियोगिता

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने
अर्थ खबर

२६ औँ आदर्श कप २०८२ माघको दोस्रो हप्तादेखि हुने

Next Post
जैविक खेतीः कृषिमा नयाँ क्रान्ति

जैविक खेतीः कृषिमा नयाँ क्रान्ति

Discussion about this post

लेखनाथ खबरमा तपाई राजनीति, खेल, आलेख, मनोरञ्जनका साथै राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु हेर्न र पढ्न सक्नुहुनेछ ।
सेभेन मिडिया नेटवर्क प्रा.लि.
सुचना विभाग दर्ता नं. : २८९५-२०७८ /७९
email : newslekhnathkhabar@gmail.com


Read more

Our Team


  • Editor-in-Chief : Suman GC

  • Directer : Bhimpani Baral
    9856048410

  • Executive editor : Ramsharan Nepali 9856077600

  • Senior Reporter : Sachin Ranabhat 9856003939

  • Photo Journalist : Janak Raj Tiwari 9846110670

© 2022 Lekhnath Khabar

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • मनोरञ्जन
  • अर्थ खबर
  • खेलकुद
  • सूचना प्रबिधि
  • पत्रपत्रिका

© 2022 Lekhnath Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?